News Portal

रेडियो सुन्नुहोस्

कृत्रिम/प्राकृतिक गर्भाधान र यसको महत्व ।

गिरिराज पौडेल२०७८ भाद्र २४
१४७१ पटक
२०७८ भाद्र २४

पशुहरुलाई प्रजनन गराउने यो आधुनिक एवं वैज्ञानिक तरीका हो । यस तरीकावाट सजिलै सँग पशुहरुको नश्ल सुधार गरी तिनीहरुको उत्पादकत्व वढाउन सकिन्छ । कृत्रिम गर्भाधान कार्य सफलता पूर्वक गर्न शुक्रकिट स्वस्थ्य र जिवीत हुनु पर्छ । कृत्रिम गर्भाधान भनेको कृत्रिम तरीकावाट राम्रो नश्लको भालेवाट संकलन गरिएको विर्य भाले खोजेको पोथी पशु (गाई, भैंसी) आदिलाई ठिक समयमा गर्भाशयको ठिक ठाउंमा कृत्रिम तरीकावाट राखी गर्भाधान गराउने प्रकृयालाई कृत्रिम गर्भाधान भनिन्छ । अनि भालेको शुक्रकिट र पोथीको डिम्बको मिलन हुन्छ र वच्चा वढन शुरु हुन्छ ।

कृत्रिम गर्भाधानवाट जन्मिएका सन्तानहरुले बढी दुध दिनुका साथै स्थानीय जातको तुलनामा चाडै साढे खोज्छन् । कृषकहरुलाई साढे पाल्ने झंझट पनि व्यहोर्नु नपर्ने र कृषकको श्रम र समय वचत हुन्छ । यसवाट उत्तम गुणहरु भएका असल साढे/राङ्गोको विर्यवाट बढी भन्दा बढी मात्रामा अनेकौं गाईभैंसीहरुलाई गर्भाधान गराउन सकिन्छ ।

आफूले चाहेको जातका वाच्छावाच्छी जन्माउन, पाठेघर एवं गर्भाशय सम्बन्धी रोगहरु गाईहरुमा सर्न समेत पाउदैन । सांढे लैजान नसकिने विकट ठाउंहरुमा पनि उन्नत नश्लका वाच्छावाच्छीहरु उत्पादन गर्न सकिन्छ । उन्नत र असल भाले वुढो भएपछि र मरिसकेपछि पनि कैयौं वर्षसम्म त्यसको संरक्षित विर्यवाट पोथीहरुलाई गर्भाधान गराउन सकिन्छ । नियमित रुपमा विर्य जांच हुने हुंदा कमसल खालका सांढेको विर्य प्रयोग हुदैनन् र सधै राम्रा वाच्छावाच्छीहरु जन्मन्छन् ।

साधारणतया पशुले भाले खोजेको ६ घण्टादेखि २४ घण्टासम्म कृत्रिम गर्भाधान गर्न सकिन्छ । तर १२ घण्टादेखि २० घण्टाको अवधि भित्र कृत्रिम गर्भाधान गर्दा सवभन्दा बढी गर्भाधान भएको पाइएको छ । बिहानीपख भाले खोजेको पशुले त्यहि दिनको साँझ कृत्रिम गर्भाधान गर्न सक्दछन भने दिउँसोपख भाले खोजेको पशुले भोलिपल्टाको बिहान र साझको समयमा भाले खोजेको पशुुले भोलिपल्ट दिउँसो कृत्रिम गर्भाधान गर्ने गर्दछन ।

प्राकृत्रिक गर्भाधान भने सांढे वा राङ्गोवाट गाई वा भैंसी हिटमा आएको वखत प्राकृतिक रुपले गराउने प्रजननलाई प्राकृतिक प्रजनन भनिन्छ । यो हाम्रो देशमा मुख्य रुपमा भइरहेको छ । प्राकृत्रिक गर्भाधान जुनसुकै ठाउं र समयमा पनि उपलव्ध हुने एवं् गहन प्रविधिको आवश्यकता समेत नपर्ने हुँदा विशेष उपकरणहरुको आवश्यकता पर्दैन ।

तर प्राकृतिक प्रजननको लागि सांढे, राङ्गो पाल्न खर्चिलो हुनुका साथै गुण नियन्त्रण गर्न गाह्रो हुन्छ । संक्रामक रोगहरु एक अर्कोमा सर्ने सार्ने, राम्रो नश्लको अपाङ्ग सांढे राङ्गो प्रयोग गर्न नसकिने हुन्छ । हाडनाता प्रजनन हुन सक्ने र जसले गर्दा कम उत्पादनशील पशु जन्मन सक्नुको साथै नराम्रो, कमसल खालको सांढे राङ्गो लाग्न सक्ने इत्यादि यसका वेफाइदा रहेको छ ।

लेखक : शाखा अधिकृत पशु सेवा शाखा प्यूठान नगरपालिका प्यूठानमा कार्यरत छन ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...