News Portal

रेडियो सुन्नुहोस्

शरदयामका लागि २३० जनाले लिए अनुमति,लयमा फर्किंदै पर्वतारोही

झुलेनी नेटवर्क २०७८ असोज ४ काठमाडौं
३७९ पटक
२०७८ असोज ४ काठमाडौं

कोरोना सङ्क्रमणका कारण प्रभावित पर्वतारोहण बिस्तारै लयमा फर्किन थालेको छ । यसअघि वसन्तयाममा हिमाल आरोहणका लागि सबैभन्दा धेरै सङ्ख्यामा अनुमति दिइएकोमा शरदयामको आरोहण पनि उत्साहजनक देखिएको छ । असोज र कात्तिक महिनामा हुने उक्त आरोहणका लागि अहिलेसम्म २३० जनाले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार अहिलेसम्म शरदयामका लागि विभिन्न छवटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । विभिन्न २५ वटा आरोहण दलअन्तर्गत १७८ जना पुरुष र ५२ जना महिलाले अनुमति लिएको विभागले जनाएको छ ।

विभागबाट अहिलेसम्म सबैभन्दा धेरै मनास्लुका लागि १३३ जना पुरुष र ३८ जना महिला गरी कुल १७१ जनाले अनुमति लिएका छन् । त्यसपछि धौलागिरिका लागि २८ जना पुरुष र १३ जना महिला गरी ४० जनाले अनुमति पाएका छन् । मरियाङ हिमालका लागि सात जना पुरुष र एक जना महिलाले अनुमति पाएको विभागले जनाएको छ ।

कुम्भकर्ण हिमालको आरोहणका लागि पाँच जनाले अनुमति पाएको विभागले जनाएको छ । अनुमति पाउने सबै पुरुष हुन् । कञ्चनजङ्घा र पुठा हिमचुलीका लागि समान तीन/तीन जनाले अनुमति पाएका छन् ।

यी हिमाल आरोहणका लागि प्रदान गरिएको अनुमतिबापत विभागले करिब दुई करोड ३१ लाख रुपियाँ रोयल्टी सङ्कलन गरेको छ । मनास्लु हिमालबाट मात्रै एक करोड ८१ लाख रुपियाँ रोयल्टी सङ्कलन भएको पनि विभागले जनाएको छ । हिमाल आरोहणका लागि पर्वतारोहीले पर्याप्त समय लिएर आउने भएकाले पनि कोरोना सङ्क्रमणको असर यस क्षेत्रमा तुलनात्मक रूपमा कम देखिएको सरोकारवालाले बताउँदै आएका छन् ।

 

 

 

 

 

गाेरखापत्र

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...