News Portal

रेडियो सुन्नुहोस्

भारतीय तस्करद्वारा गस्तीमा गएका सशस्त्र प्रहरीमाथि आक्रमण

भवानी भट्ट२०७८ आश्विन ५, कञ्चनपुर
३५२ पटक
२०७८ आश्विन ५, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करले आक्रमण गरेका छन् । सोमबार राति भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको चिनी रोकेपछि तस्करहरुको समूहले गस्तीमा रहेका प्रहरीमाथि कुटपिट गरेका हुन् ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजमा रहेको बीओपीबाट गस्तीमा गएको टोलीले भारतबाट अवैध रुपमा भित्रिरहेको चिनी रोक्न खोज्दा तस्करले आक्रमण गरेका हुन् ।आक्रमणमा सशस्त्र प्रहरी जवान सुदीप सुनारको दुवै हातमा चोट लागेको छ । स्थानीयका अनुसार सुरक्षाकर्मीले चिनी रोकपछि तस्करहरु ६/७ जनाको समूहमा आएर कुटपिट गरेका थिए ।

झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणका एसपी वीरेन्द्र ऐरले तस्करहरुले गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार गरेको बताए । सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरुलाई आवश्यक कारबाही गरिने भारतीय सुरक्षाकर्मीले प्रतिबद्धता जनाएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...