News Portal

रेडियो सुन्नुहोस्

डोवाटे विश्वकर्मा बने मन्त्री, आजै साँझ ५ बजे सपथ : गण्डकी

युवराज श्रेष्ठ२०७८ असोज २५ पाेखरा
३४४ पटक
२०७८ असोज २५ पाेखरा

गण्डकी प्रदेशका सांसद डोवाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साँझ ५ बजे मन्त्रीको सपथ ग्रहणका लागि बोलाएको सांसद डोवाटेले बताए। यसअघि कांग्रेस गठबन्धन सरकार विस्तार गर्दा डोवाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको थियो। मुख्यमन्त्री पोखरेलले मन्त्रीको सपथ लिन बोलाए पनि सपथ ग्रहणमा भने डोवाटेको ठाउँमा व्यवसायी सांसद विन्दुकुमार थापालाई सपथ खुवाइएको थियो।

दलित सांसदलाई सपथ ग्रहण समारोहमा बोलाएर नाम काट्ने र व्यवसायीलाई मन्त्री नियुक्त गरेको भन्दै त्यतिबेला गठबन्धन सरकारको आलोचना भएको थियो। सांसद डोवाटेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको मुख्यमन्त्री पोखरेलले बताए।उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे निर्णय भइनसकेको उनले बताए।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आइतबार डोवाटेले भेटेका थिए।

भेटघाटमा प्रधानमन्त्रीसमक्ष डोवाटेले सभापतिको आशीर्वादको आशा राख्छु भनेका थिए। जवाफमा सभापति देउवाले मेरो आशीर्वाद रहिरहन्छ भनेको डोवाटेले जानकारी दिए। देउवाकै निर्देशनमा डोवाटेलाई मन्त्री बनाउन लागेको एक सांसदले बताए।

मुख्यमन्त्री पोखरेलनिकट स्रोतले भने यसअघि नै डोवाटेलाई मन्त्री बनाउने तयारी भएको जनाएको छ। अघिल्लो साता काठमाडौं पुगेर मुख्यमन्त्री पोखरेलले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेर डोवाटेलाई मन्त्री बनाउने निर्णय गरेको जनाएको छ।

 

सेताेपाटी

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...