News Portal

रेडियो सुन्नुहोस्

काठमाण्डौ सहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो फिचर)

झुलेनी नेटवर्क
५८२ पटक
चन्द्रागिरिमा हिमपात तस्बिर : चन्द्रागिरि हिल्स लिमिटेड

काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो ।

                                                                                                        हुम्लामा बुधबार भारि हिमपात रासस

यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ । बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ ।

                                                                                                                   बझाङमा हिमपात

डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा पनि हिमपात भएको छ । यस्तै त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाण्डौ जोड्ने सडक अवरुद्ध भएको छ । वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यस वर्ष समयमै हिउँ परेकाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

                           हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक/रास

                                                                          मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात/रासस

                                                   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात/रासस

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...