News Portal

रेडियो सुन्नुहोस्

पिएम कप राष्ट्रिय टि-२० मा प्युठानका तुल बहादुर छनोट

तेजेन्द्र बि. एम.२०७८ पुस २५
६७० पटक
२०७८ पुस २५

नौबहिनी गाउँपालिकाका तुल वहादुर थापा सोमबारबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा पहिलो छनोट भएका छन् ।
उनि यहि पुस १८ गतेदेखि २३ सम्म भैरहवामा सम्पन्न छनोट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट छनोट भएका हुन् । उनले छनोट प्रतियोगितामा ३ खेलमा १० विकेट लिएका थिए । प्रधानमन्त्री कप यहि पुष २६ देखि माघ ५ गतेसम्म काठमाडौं र मुलपानीमा हुनेछ ।
प्यूठानको नौबहिनी गाउँपालिका-५, डाम्री घर भएका थापा घरेलु क्रिकेट भने दाङबाट खेल्ने गर्दछन् । प्यूठानमा जिल्ला क्रिकेट संघ नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका हुन् । उनले गत संस्करणको इपिएल भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए ।
लुम्बिनी प्रदेश टिम : कृष्ण कार्की (कप्तान), सौरभ खनाल (उपकप्तान), सन्दिप रजाली, देव खनाल, बिक्रम भुसाल, अनिल खरेल, दुर्गेश गुप्ता, सुशान्त सिंह थापा, तुल बहादुर थापा, बसिर एहमद, सिद्धान्त राज शाही, बिशाल बिक्रम केसी, मोहन खत्री र दिपेन्द्र रावत, बैकल्पिक खेलाडी : दिलसाद अलि, निर्मल गुरुङ, राजबिर सिंह र नरेश कुमार नेपाली रहेका छन् ।

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...