News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : हिउँ खेल्न जाने हैनत कोठिभिर !

झुलेनी नेटवर्क२०७८ माघ ११, प्यूठान
५४३ पटक
२०७८ माघ ११, प्यूठान

घुम्नका लागि आकर्षणले भरिएको ठाउँ हो स्याउलीवाङ क्षेत्र । यहाँ हिउँद याममा हिउँ खेल्न सकिन्छ भने गर्मी याममा लालीगुराससँग मज्जा लिन सकिन्छ ।

जाडो महिनाको पुस र माघमा यहाँ सधै हिउँ पर्छ । हिउँ खेल्नका लागि प्यूठान वासी धेरै टाढा जानुपर्दै न । बाग्दुलादेखि बाहाने हुँदै स्याउलीवाङको ठुलोगाउँ पुगेपछि कोठिभिर जान सकिन्छ । स्याउलीवाङबाट ढुङ्गागाडे बासस्थल पुग्न ३ घण्टा पैदल हिँड्नुपर्छ ।

जहाँ पुगेपछि पर्यटकीय स्थल खलेसवाङ आउँछ । यहाँ स्थानीयले पर्यटकीय गन्तब्य स्थल बनाउनका लागि विकास निर्माणका पुर्वाधार बनाउने कार्यमा जुटेका छन् । खलेवाङबाट उकालो लागे पछि करिब ३ घण्टामा ३ हजार ६ सय ५९ उचाइको कोठिभिर पुगिन्छ ।

यहाँबाट यहिँको सुन्दरता सहित वरिपरिका उच्च हिमश्रृङ्खला देख्न पाइन्छ । हिउँदमा हिउँ खेल्ने बाहेक फागुनदेखि बैशाख महिनासम्म करिब ७ थरी लालीगुराँसका मनमोहक दृश्य हेर्न र रम्न सकिन्छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन जाने होइन त कोठिभिर ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...