News Portal

रेडियो सुन्नुहोस्

हाम्राे नजर : मा.वि. चलाउन आर्थिक संकलन अभियान

झुलेनी पोष्ट
७१४ पटक

गौमुखी गाउँपालिका–५, खुङमा माध्यामिक विद्यालय सञ्चालन गर्न चन्दा संकलन अभियान थालिएको छ । २०२० सालमा स्थापना भएको जनसहयोगी आधारभूत विद्यालय कक्षा ८ सम्म सञ्चालनमा छ । अहिले कक्षा ८ मा ३६ जना विद्यार्थी पढ्छन्। यिनीहरुलाई गाउँमै कक्षा ९ पढ्ने सुविधा छैन । थप पढ्नका लागि यहाँका विद्यार्थीहरु गाउँदेखि टाढा जानुपर्ने बाध्यता छ ।

यहाँ मा.वि. नहुँदा नारीकोट, ठुलावेसी र गुल्मिको अग्लुङ जानुपर्ने समस्या रहेको अभिभावकहरुको गुनासो छ । मा.वि. तहको पढाइका लागि विद्यार्थीहरुलाई कठिनाई भएको भन्दै विद्यालय व्यवस्थापन समितिले पुस २५ गते मुल आयोजक समिति गठन गरेको थियो । यो समितिले मा.वि. सञ्चालनका लागि माघ महिना लागेदेखि चन्दा संकलन अभियान चलाएको संयोजक निराजन मल्लले बताए ।

अहिलेसम्म करिब ४८ लाखभन्दा बढी रकम संकलन भइसकेको उनको भनाई छ । चन्दा संकलनका लागि समितिका मुल आयोजक समिति बनाएर संकलन अभियान चलिरहेको वडा अध्यक्ष हुम बहादुर के.सी.ले बताए । अहिलेसम्म संकलन अभियानमा गाउँका सबैजनाको साथ रहेको उनले बताए । माध्यामिक तहको कक्षा सञ्चालनका लागि गाउँपालिकाबाट स्विकृत पाएको बताउँदै व्यवस्थापन समिति अध्यक्ष बरुणध्वज मल्लले सामाजिक सञ्जाल, गाउँका अगुवा बुद्धिजिवी र गाउँबाट जिल्ला बाहिर बसाइ सरेका ब्यक्तिहरुले सहयोग गरेको बताए ।

गाउँका विद्यार्थीहरुलाई शिक्षाको उज्यालो छर्ने अभियानमा सहयोग गर्ने सहयोगदाताहरुलाई विद्यालयले औपचारिक कार्यक्रमको आयो जना गरी सम्मान कार्यक्रम गरीने उनको भनाई छ । आगामी शैक्षिक सत्रबाट मा.वि. तहको कक्षा ९ सञ्चालन गर्ने गरी आर्थिक सहयोग संकलनको काम भइरहेको हो ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...