News Portal

रेडियो सुन्नुहोस्

प्युठानी आइडल सिजन–२ को उपाधि सरस्वती घर्तिलाई

झुलेनी पोष्ट
१४८४ पटक

प्युठानी आइडल सिजन–२ को उपाधि नौबहिनी गाउँपालिका–५, डामृ की सरस्वती घर्ति मगरले पाएकी छन् । शुक्रबार अर्घाखाँचीको शीतगंगामा भएको फाइनल चरणमा उनले उपाधि हात पारेकी हुन् ।

डि टु कला केन्द्रको आयोजनामा भएको प्रतियोगितामा सरस्वतीले १ सय ३० जना प्रतियोगिलाई पछि पार्दै १५ जनासंग फाइनल प्रतिस्पर्धा गरेकी थिइन् । प्रतियोगिता मार्फत नगद ५० हजार सहित सर्ट मुभी खेल्न पाउने भएकी छन् ।

प्रतियोगितामा प्युठान सारंग बेसीकी शोभा मगर दोस्रो भएका छन् । उनले नगद २५ हजार र म्युजिक भिडियो समेत खेल्न पाउने भएका छन् । त्यस्तै प्युठान नगरपालिका–५, ढुंगेठाठिका अर्जुन भण्डारी तेस्रो भएका छन् । उनले नगद १५ हजार र म्युजिक भिडियो खेल्न पाउने आयोजकले जनाएको छ ।

‘‘नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान’’ भन्ने मुल नाराको साथमा लुम्बिनी प्रदेश अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर–८ सातमारामा कार्यक्रम गरिएको थियो । फाइनल चरणको प्रतियोगितामा निर्णायकको रुपमा अनुप बुढा, दिपेश चौधरी, सुस्मिता ब्रोमेल रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रम्ख अतिथि रुकेश आलेले सबै जित मात्र सफलता नभए पनि हार एउटा सिक्ने अबसर भएकोले आगामी दिनमा यो स्थानसम्म आइपुगेको सफलताले ठुलो सहयोग पुग्ने बताएका छन् । ‘प्युठान जिल्लाको प्रत्येक बस्तीमा लुकेर रहेका प्रतिभाहरुलाई यहाँसम्म ल्याउनु पनि ठुलो उपलब्धि हो,’ उनले भने ।

डि टु कला केन्द्रका अध्यक्ष राज थापाको अध्यक्षता तथा अर्घाखाँची शीत गंगा नगरपालिका वडा नं.–८ का वडा अध्यक्ष रुकेश आले मगरको प्रमुख अतिथ्यता रहेको थियो । अस्थायी प्रहरी चौकी सातमारा अर्घाखाँचीका प्रहरी इन्चार्ज सुर्य पन्थीको विशेष आतिथ्यता र ग्यालेक्सी फोर के का दाङ सम्वाददाता शिवराज खनाल, सिधा–पत्र डटकमका संचालक मेगमन बुढा को आतिथ्यता रहेको थियो ।

प्रतियोगिता प्युठानको विभिन्न ठाउँमा अडिसन संचालन भएर सम्पन्न भएको थियो । फाइनल चरण छनौटका लागि जनता माध्यमिक विद्यालय बडडाँडा, भवानीश्वरी बासिक विद्यालय जसपुर, अम्मर माध्यमिक विद्यालय भिङ्ग्री, कालिका माध्यमिक विद्यालय जुम्री, महेन्द्र माध्यमिक विद्यालय सारङबेसी गरि ५ वटा विद्यालयमा भएको थियो ।

कार्यक्रममा लोक दोहोरी गायक कृष्ण रेउले लगायत अन्य प्युठानी कलाकारको सहभागी रहेको थियो भने कार्यक्रमको संचालन डि टु कला केन्द्रका डाइरेक्टर दिपक बर्माले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...