News Portal

रेडियो सुन्नुहोस्

चालकसंग ट्राफिक कार्यक्रम : सवारी चलाउदा तथा यात्रा गर्दा ट्राफिक नियम पालना गर्न आग्रह

मधुसुधन पोख्रेल२०७८ फागुन १९
१०३३ पटक
२०७८ फागुन १९

जिल्ला प्रहरी कार्यालय प्यूठानले चालक संग ट्राफिक कार्यक्रम संचालन गरेको छ । जिल्लाका विभिन्न ठाउँहरुमा चालक तथा यात्रुहरु संग ट्राफिक चेतनाका कार्यक्रम संचालन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानबाट खटिने टोलिले “चालकसँग ट्राफिक प्रहरी “ कार्यक्रम अन्तर्गत साना तथा ठुला सवारी साधनहरुका चालक , सह चालक तथा यात्रुहरु समेतलाई सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया–बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिईरहेको जिल्ला प्रहरी कार्यालयका सहायक निरिक्षक मधु थापाले बताउनु भयो ।


लुम्वीनी ट्राफिक प्रहरी कार्यलयको निर्देसनमा यो कार्यक्र गत ३ महिना देखि संचालन गरेको थापाको भनाई छ । दैनिक ३० देखि ५० जना सम्म यात्रु तथा चालकहरुलाई प्रशिक्षण दिइरहेको थापाले बताउनु भयो । कार्यक्रमले चालक तथा यात्रुमा केहि सुधार आएको समेत बताउनु भयो साथै थापाले सम्पुणले नागरीकहरुलाई ट्राफिक नियम पालना गर्दै यात्रा गर्न र सवारी साधन चलाउन आग्रह समेत गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...