News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : न.पा.को सुनुवाइमा सधै एउटै गुनासा

झुलेनी नेटवर्क२०७८ चैत ०२ प्यूठान
५७२ पटक
२०७८ चैत ०२ प्यूठान

प्यूठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघले सहजीकरण गरेको कार्यक्रममा आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद समेत गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधीकृत महेश कुमार गुरुङ्गले प्रगति प्रतिवेदन प्रतिवेदन पेश गर्दा नगरपालिकाको सन्तोषजनक भौतिक तथा बित्तिय प्रगति देखिएन। नगरपालिकाको कुल बजेटको हालसम्म ३३.४८ प्रतिशत मात्र बजेट खर्च भएको सार्वजनिक गरियो । यद्यपी ९० प्रतिशत योजनाहरु सम्झौता भएको भनिएको छ ।
नगरपालिकाले आफै बताए अनुसार पनि यी योजनाहरु विगत वर्षहरुमा झै यस वर्ष पनि असारकै समयमा हतार हतार सक्नुपर्ने हुन्छ । असारमा हतारहतार गर्ने कामले उपलब्धि राम्रो देखिदैन । प्यूठान नगरपालिकामा, फोहोरमैला व्यवस्थापन, बाग्दुलामा रहेको तरकारी तथा फलफुल संकलन केन्द्र संचालन, नागरिक सहायता कक्ष (हेल्प डेस्क) सुचारु, योजनाका सार्वजनिक सुनुवाइहरु नहुने, सार्वजनिक सुचना बोर्ड नराख्ने विगतका सार्वजनिक सुनुवाइमा उठ्ने गुनासाहरु यसपटक पनि दोहोरिए । हरेक पटक सञ्चालन हुने सार्वजनिक हुने सुनुवाइमा सेवाग्राहीबाट उठेका सवालहरुमा प्रतिवद्धता जनाउने गरेपनि कार्यान्वयन गरेको देखिदैन ।

 

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...