News Portal

रेडियो सुन्नुहोस्

प्रदेश सरकारको बजेट विनियोजन अन्तर्गत प्यूठानमा स्वास्थ्य, कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा

झुलेनी नेटवर्क२०७९असार,२ प्यूठान
४६० पटक
२०७९असार,२ प्यूठान

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट विनियोजन अन्तर्गत प्यूठानमा स्वास्थ्य, कृषि, शिक्षा र पर्यटनलाई प्राथामिकता दिएको छ । बुधबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्यूठान जिल्लामा स्वास्थ्य, कृषि,शिक्षा र पर्यटनलाई प्राथामिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन ।
स्वास्थय तर्फ प्यूठान अस्पताल सहित गुल्मी अस्पतालमा अत्याधुनिक ल्याप्रोस्कोपी सेवा विस्तारका लागि २ करोड, बर्दिया र पृथ्वीचन्द अस्पतालमा डिआर एक्सरे सञ्चालनका लागि १ करोड ४० लाख, गुणस्तरीय पाठ्यक्रम, दक्ष प्रशिक्षक, प्रभावकारी शिक्षण विधि र सिप परिक्षणका माध्यमबाट गुणस्तरीय तालिम सञ्चालन गर्न प्यूठानमा ल्याव सहितको सीप प्रतिष्ठान स्थापना गर्न १ करोड बजेट विनियोजन भएको छ ।
त्यस्तै बजेटमा स्वास्थ्य संस्था सुदृढीकरण र भवन निर्माण, अल्लो व्यवसाय प्रर्वद्धन, ओखर, टिमुर, अल्लो, दालचिनी, चिउरी र मालागिरी लगायत जडिवुटीको खेती विस्तार, सदरमुकाम र महत्वपूर्ण स्थानमा सौर्य बत्ति जडान, पर्यटकीय क्षेत्र विकास तथा विस्तार लगायतका कार्यक्रम समेटिएको छ ।

 

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...