News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमालेका नेता नेम्वाङ साउन ३० गते (भोली) प्युठान आउँदै

झुलेनी पोष्ट २०७९ साउन २९, प्यूठान
५८७ पटक
२०७९ साउन २९, प्यूठान

नेकपा एमालेका नेता एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ साउन ३० गते (भोली) प्यूठान आउने भएका छन् ।
नेकपा एमाले प्युठान जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेम्वाङ प्यूठान आउन लागेको पार्टी जिल्ला कमीटीले जनाएको छ । समसामयिक, राजनीतिकि परिवेश, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी मुख्य प्रशिक्षकको रुपमा उनले प्रशिक्षण दिने कमीटीले बताएको छ ।
कार्यक्रममा प्रदेश विभागिय सदस्यहरु, जिल्ला कमिटी, पालिका कमिटी, जिल्ला कमिटी सल्लाहकार, वडा कमिटी पदाधिकारी, जनवर्गिय संगठनका पदाधिकारी र एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु गरी करिब १५ सय जनाको सहभागीता रहने जिल्ला अध्यक्ष विजय विराज विष्टले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमलाई नेम्वाङसँगै एमाले स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज विमला घिमिरे, पोलिटव्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजाल र केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जिसीले सम्बेधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले प्यूठानले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...