News Portal

रेडियो सुन्नुहोस्

कुशे औसी/बुबाको मुख हेर्ने दिन बुबाको सम्झनामा शारीरिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

झुलेनी पोष्ट२०७९ भदौ १०, प्यूठान
५७२ पटक
२०७९ भदौ १०, प्यूठान

आज कुशे औसी/बुबाको मुख हेर्ने दिनको अवसर पारेर बुबाको सम्झनामा शैक्षिक सामाग्री वितरण गरिएको छ । जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा निवासी समाजसेवि नबिनप्रकाश श्रेष्ठकाे परिवारले स्वर्गिय बुबा मेघलाल श्रेष्ठको सम्झनामा राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानद्धारा संचालित शारीरिक अपाङ्गता अवास गृह खलंगामा बस्दै आएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमान सिंह केसीको उस्थितीमा श्रेष्ठ परिवारले ११ जना बालवालिकाई कापी, झोला र विस्कुट लगाएतका सामाग्री प्रदान गरेका छन् । शारीरिक अपाङ्गता अवास गृह खलंगामा जिल्लाका विभिन्न स्थानका शारीरिक अपाङ्गता भएका बालवालिकाहरुले अध्यनन् गर्दै आईरहेका छन् ।

शारीरिक अपाङ्गता भएका बालवालिकाको शैक्षिक बिकासमा टेवा पुर्याउने उद्देश्य सहित केही नयाँ फरक सोच राखेर बुवाको सम्झनामा बालवालिकालाई सहयोग प्रदान गरेको समाजसेवी श्रेष्ठले बताए ।

पछिल्लो समय मानिसहरुले कुनै विशेष दिन, जन्मदिन लगाएतलाई फजुल खर्चको सट्टा फरक तरिकाले मनाउनुका साथै सामाजिक काममा सक्रियता देखाउन थालेका छन् ।

प्रतिकृया दिनुहोस्

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...