News Portal

रेडियो सुन्नुहोस्

५ वर्ष देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा भाद्र २७ गतेबाट दिइने

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ भाद्र २२, प्यूठान
३७२ पटक
२०७९ भाद्र २२, प्यूठान

जिल्लाभर ५ वर्ष देखि ११ वर्ष भित्रका बालबालिकालाई कोभिड–१९ विरुद्धकोे फाइजर–बायोएनटेक खोपको दोस्रो मात्रा दिइने भएको छ । पहिलो मात्रा लगाएको २१ दिन पुरा गरिसकेका बालबालिकालाई जिल्लाका नौ वटै स्थानीय तहहरुमा भाद्र २७ गते देखि आश्विन २ गतेसम्म क्रमशः कोभिड –१९ विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताए । खोपको दोस्रो मात्रा ३५ हजार १ सय ४५ जना बालबालिकालाई दिइने प्रमुख खड्काले जानकारी गराएका छन् ।

जिल्लामा पहिलो मात्राको लागि लक्षित बालबालिकाहरु ३८ हजार ४ सय ९४ जना मध्ये ३५ हजार १ सय ४५ जनाले पहिलो मात्रा लगाएका थिए । पहिलो मात्रा लगाउन छुटेका सोहि उमेरका बालबालिकालाई पनि यसै अभियानमा पहिलो मात्राको खोप समेत दिइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । उक्त कार्यालयको निर्देशनअनुसार जिल्लाका नौ वटै स्थानीय तहहरुले भदौ ५ गते देखी ११ गते सम्म एकै चरणमा खोप अभियान चलाएको थियो ।

 

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...