News Portal

रेडियो सुन्नुहोस्

प्यूठान स्वर्गद्धारी (चाल्नेटार) विमानस्थल आयोजना निर्माणका लागि ७७ करोड लाग्ने

विमानस्थलको आयोजनाको वातावरणिय प्रभाव मुल्यांकन EIA अध्ययनको सार्वजनीक सुनुवाई सम्पन्न

सिखबर संवाददाताअसोज ७ प्यूठान
२०४३ पटक
असोज ७ प्यूठान

प्यूठान स्वर्गद्धारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणिय प्रभाव मुल्यांकन अध्ययनको सार्वजनीक सुनुवाई सम्पन्न भएको छ।

नेपाल नागरिक उड्यान प्राधिकरणको प्रस्तावमा परामर्सदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रा.ली ले वातावरण प्रभाव मुल्यांकन गरि सनिवार त्यसको सार्वजनिक सुनुवाई गरेको हो।

करिव ६०.७९ हेक्टर क्षेत्रफलमा निर्माण हुने विमानस्थल निर्माणका लागि कुल लागत झण्डै ७७ करोड लाग्नेछ। आयोजना निर्माणले चाल्नेटारका १२ र माथिल्लो दमारका २ गरि १४ घरधुरीमा प्रभाव पर्ने र १३ घरधुरीका १०७ जना विस्थापित हुनुपर्ने अवस्था रहेको वातावरण प्रभाव मुल्यांकन टोलिका प्रमुख डा. महेन्द्रनाथ सुवेदीले वताउनु भयो।

आयोजना निर्माणको क्रममा ५५.१८ हेक्टर वन अधिग्रहण गर्दा १८ प्रजातिका ६२५६ विरुवाहरु नोक्सान हुनेछन्। यस्तै ४.७ हेक्टर खेतियोग्य जमिन अधिग्रहण भई वार्षिक ९.३९६ मे.ट. अन्नवाली उत्पादनमा ह्रास आउने छ। यस्तै ०.४ हेक्टर आवास क्षेत्रका ५९ वटा आवास लगायतका अन्य संरचनाहरुमा स्थायि रुपले असर पुग्नेछ।

आयोजना स्थलका प्रभावित वासिन्दाले उचित क्षेतिपुर्तिविना आफुहरु वस्दै आएको ठाँउ नछोडने वताएका छन्। वतावरण प्रभाव मुल्यांकन प्रतिवेदनमा अधिग्रहण गरिने निजि जमिनको प्रति रोपनि ३ लाखका दरले क्षेतिपुर्ति दिईने प्रस्ताव गरेपनी त्यो रकमले आफुहरु नमान्ने वताए। जमिन तथा भौतिक संरचनाको उचित क्षेतिपुर्ती र रोजगारीको ज्ञारेन्टि गरेको खण्डमा आफुहरु ठाँउ छोडन तयार रहेको स्थानिय भोजराज खड्काले वताए।

प्रति रोपनि ३ लाखका दरले क्षेतिपुर्णका लागि रु २ करोड ७७ लाख ५ हजार ६२५, पुर्नवास र पुर्नस्थापनाका लागि ३ करोड ३९ लाख ८९ हजार ११० र क्षेति हुन जाने अन्नवालीको ६७ हजार ६७७ गरि कुल ६ करोड १७ लाख ६२ हजार ४१२ खर्च हुनेछ।
आयोजनाको कुल लागत ७७ करोड मध्य वातावरणिय प्रभाव न्युनिकरण, अनुगमन लगायतमा २०.६२ प्रतिसत अर्थात करिव १५ करोड ८८ लाख १७ हजार ८२९ लाग्नेछ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...