News Portal

रेडियो सुन्नुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

गिरुप्रसाद भण्डारी  २०८३ जेठ ०७
६०८ पटक
 २०८३ जेठ ०७

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन भएको छ । बेलुवा–खैरा–बाँसखोला–बाँझबारी सारीबाङ सडक ट्रयाकओपनको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

निवर्तमान संघीय सांसद सूर्य थापाले निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत सिफारिस गरेर २०८१÷०८२ बाट सडक निर्माण थालिएको हो । सडकमा हालसम्म झण्डै ९ करोड रुपैयॉ खर्च भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । सुरुको वर्ष खैरादेखि ढाँडसम्म ३ करोड त्यसपछि ३÷३ करोडका दुई प्याकेज बनाइ बाग्दुलासम्मको लागि ठेक्का भएको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख दिपक सुनारले बताए ।


ट्रयाकओपन, नाली निर्माण, जाली, पलम, मेसिनरीवाल लगायतका काम भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार खैरादेखि सारीबाङसम्म झण्डै ६ किलोमिटर सडक निर्माण भएको छ । कुनै कुनै स्थानमा ५ मिटर र धैरैजसो स्थानमा १० मिटर चौडा सडक निर्माण गरिएको निर्माण व्यवसायी लेकाली निर्माण सेवाका सञ्चालक सुनिल शाही लेकालीले जानकारी दिए । ‘बाँझबारी–सारीबाङ खण्डको काम सबै पूरा भएको छ,’ शाहीले भने, ‘सारीबाङदेखि बाग्दुलासम्म थोरै जग्गा विवादले गर्दा रोकिएको छ ।’ सारीबाङ झोलुङ्गे पुलदेखि खलंगा जाने पक्की सडकसम्म पहिले निर्माण भएको सडकसँग जोडिएकाले बाग्दुलाबाट खैरा यात्रा गर्न सकिने शाहीले बताए ।

बाग्दुलाबाट खैरा नदी किनारै किनार यात्रा गर्न सकिने भएको प्यूठान नगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष रेशम कार्कीले बताए । ‘सडक निर्माणले बिजुवार क्षेत्रको सवारी चाँपलाई सहज बनाउने छ,’कार्कीले भने,‘अब झिमरुक वारीका खैरा, ढाँड, बाँसखोला, थापाडाँडा, कार्कीडाँडा, सारीबाङ क्षेत्रका स्थानीयलाई सहज हुने छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...