News Portal

रेडियो सुन्नुहोस्

दहखोलामा सिद्ध मन्दिर उद्घाटन गरिदै, दशनामी गिरीहरूको कुलपूजा हुने

झुलेनी नेटवर्क२०८३ कार्तिक २७
१७ पटक
२०८३ कार्तिक २७

झिमरुक गाउँपालिका–६, दहखोलास्थित नवनिर्मित श्री सिद्ध मन्दिरको उद्घाटन तथा दहखोलाका दशनामी महन्त गिरीहरूको कुलपूजा भोलि (कात्तिक २८ गते) आयोजना हुने भएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार बिहान ११ बजे हुने उद्घाटन समारोह झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलको विशेष आतिथ्यता रहनेछ भने वडा अध्यक्ष धनबहादुर पुनसहित वडाका जनप्रतिनिधिहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको मन्दिर व्यवस्थापन समितिका सचिब पुर्णलाल गिरीले जानकारी दिए।

मन्दिर उद्घाटनसँगै सोही दिन दशनामी महन्त गिरीहरूको परम्परागत कुलपूजा पनि गरिनेछ। कुलपूजाका अवसरमा नियमित पूजाआजा, लिङ्गो फेर्ने लगायतका धार्मिक विधि सम्पन्न गरिने आयोजकले जनाएको छ।

यस कुलपूजाको विशेष पक्षका रूपमा पशुबलि नदिने परम्परा रहेको छ। हिंसा, हत्या र मारकाट त्याग्दै शान्तिको कामना गर्ने मान्यताअनुसार कुलपूजामा पशु हत्या नगरिने गरिएको बताइएको छ। पूजाआजा तथा लिङ्गो फेर्ने कार्य सम्पन्न भएपछि हलुवा, खिर, रोटी, तरकारी, अचार, दही लगायतका परिकार प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।
कार्यक्रमकै अवसरमा मन्दिर निर्माण तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने दाताहरूको नाम उल्लेख गरिएको शिलालेखसमेत अनावरण गरिनेछ।

मन्दिर उद्घाटन तथा कुलपूजा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। समितिले निमन्त्रणा गरिएका पाहुना, स्थानीयवासी, श्रद्धालु भक्तजन, दशनामी महन्त गिरी परिवार तथा सम्पूर्ण शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई धार्मिक तथा सांस्कृतिक समारोहलाई भव्य र सफल बनाउन आग्रह गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दहखोलामा सिद्ध मन्दिर उद्घाटन गरिदै, दशनामी गिरीहरूको कुलपूजा हुने

झिमरुक गाउँपालिका–६, दहखोलास्थित नवनिर्मित श्री सिद्ध मन्दिरको उद्घाटन तथा दहखोलाका दशनामी महन्त गिरीहरूको कुलपूजा भोलि...

खलंगामा तीन वामपन्थी दलको संयुक्त कार्यक्रम सम्पन्न

प्यूठानका तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा (एमाले), राष्ट्रिय...

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।...

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...