


२०८३ कार्तिक १६नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ।
सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको भवनमा पार्टीका जिल्ला ईन्चार्ज प्रभात केसिको अध्यक्षता र केन्द्रीय सदस्य नारायण प्रसाद अधिकारीको प्रमुख आथित्यतामा भएको अभियान उद्घाटन कार्यक्रममा नेताहरुले संविधान, लोकतन्त्र र परिवर्तनपछि प्राप्त उपलब्धिको रक्षाका लागि जनतामा जाने कुरा महत्वपूर्ण हुने बताए।
कार्यक्रममा नेकपाका नेताहरु पित बहादुर महतरा क्षेत्री, कृष्ण अधिकारी (प्रकाश), नमराज अधिकारी रोशन, कृष्ण रायमाझि लगायतले सम्बोधन गरेका थिए। भने, महाविर राना, मिलन एमसि लगायत केन्द्रीय नेताहरुको आथित्यता रहेको थियो ।
उमा शर्मा अधिकारीले कार्यक्रममा स्वागत मन्तब्य राखेकि थिईन भने कार्यक्रमको सञ्चालन बुद्घ बस्नेतले गरेका थिए।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












