


२०८३ असोज २८चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक भएको छ।
नवगायक प्रविण घर्ती मगरको शब्द, स्वर र सङ्गीत रहेको उक्त गितमा महिला स्वर सरिता सुनारको रहेको छ। नेपाली सेनाबाट अवकासपछि कलाकारितामा लागेका घर्तीको उक्त गितमा निर्देशन तथा कोरियोग्राफि मुकेश नेपाली, भिडियोको छायांकन बुद्ध थापाले गरेका छन्।
अजित राना मगरले ड्रोन अपरेसन र नवीन घर्ती मगरले सम्पादन गरेको गीतको पोस्ट प्रोडक्सन एड्भेन्चर इन्टरटेनमेन्टले गरेको हो।
मूर्छुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ सञ्जय श्रीपालले गरेका छन्। गोविन्द ओली (रोपाली) र रमेश नेपालीले गीतको रेकर्डिङ गरेका हुन्।
‘प्रविण घर्ती मगर अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको निर्माणमा प्यूठानका कलाकार तथा प्राविधिकको सहभागिता रहेको छ ।
स्थानीय कलाकार तथा प्राविधिकको सहकार्यमा तयार भएको ‘जन्म ठाउँ’ ले प्यूठानको सांगीतिक प्रतिभालाई फराकिलो दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ। गीतमार्फत जन्मभूमिप्रतिको भावनासँगै जिल्लाको कला, संस्कृति र धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचानलाई समेत उजागर गर्ने प्रयास गरिएको छ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।















