News Portal

रेडियो सुन्नुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

प्रकाश वैद्य२०८३ जेठ २९ गते
३२५ पटक
२०८३ जेठ २९ गते

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने ज्ञान, सिप, कलाको व्यवहारिक शिक्षा नै वित्तीय साक्षरता हो ।
आजभोली वित्तीय शिक्षाको अभावमा व्यक्ति,परिवार तथा व्यवसायमा उचित योजना तथा प्रभावकारी वित्तीय लक्ष्य निर्धारण नहुँदा वित्तीय संकट पैदा भई टाँट पल्टिने अवस्थामा पुगेका कैयन् अवस्थाहरु भेटिन थालेका छन् । कसरी आम्दानी बढाउने? कति बचत गर्ने ?कस्तो काममा खर्च गर्ने भनी कोरिएको खाकालाई वित्तीय लक्ष्य निर्धारण भनिन्छ ।

सामान्यतया साक्षर भन्नाले सामान्य लेखपढ गर्न जान्ने भन्ने बुझिन्छ । यही पैसा वा धनमालको व्यवस्थापनसम्वन्धी ज्ञान तथा सीप सिकाउने माध्यम वित्तीय साक्षरता हो । वित्तीय साक्षर भन्नाले सामान्य रुपमा आफ्नो आम्दानी र खर्चको लेखाजोखा गर्न सक्ने भन्ने बुझिन्छ । मानिसलाई सिमित वित्तीय साधनबाट असिमित आवश्यकता तथा चाहानाहरुलााई पुरा गर्ने ,जानकारी ,सीप हासिल गर्ने ,योजना बनाउने कार्य वित्तीय शिक्षाबाट प्राप्त हुन्छ । यदि हरेक व्यक्ति, संघ संस्थाले आफ्नो दैनिक , मासिक या बार्षिक आम्दानी तथा खर्चको लेखाजोखा नगरी बीना योजना खर्च गर्दछ भने सो व्यक्ति वित्तीय रुपले साक्षर नभएको तथा आर्थिक ज्ञान बीना अन्धकारमा हिडेको छ भन्ने बुझिन्छ । जसले गर्दा सो व्यक्तिलाई कतिबेला के कस्ता वित्तीय कठिनाई आई लाग्न सक्दछन् भन्ने थाहै हुदंैन । हरेक व्यक्तिले आफ्नो वित्तीय अवस्थाको आँकलन गरेर मात्र अघि बढ्नु पर्ने हुन्छ ।

हरेक मानिसहरु आफ्नो पारिवारिक आम्दानी बढाउन र आफ्ना जीवनका विभिन्न आवश्यकताहरु पुरा गर्न चाहान्छन् तर ती मानिसहरुको आफ्नो सिमित पैसा (वित्तीय श्रोत) को कमीले ती इच्छाहरु पुरा गर्न सक्दैनन् । त्यसैले आफुसंग जे जति श्रोत छ त्यसको प्रभावकारी व्यवस्थापन मानिसको सवैभन्दा पहिलो प्राथमिकता बन्नु पर्दछ । आफ्नो पारिवारिक आम्दानी र खर्चको यथार्थ विश्लेषण गरी त्यसको उचित व्यवस्थापन गर्ने सीप सबै मानिसहरुमा हुन जरुरी छ । वित्तीय साक्षरताले मानिसलाई पैसाको सहि तरिकाले व्यवस्थापन गर्ने कला सिकाउँदछ । वित्तीय योजना बनाउन सिकाउनुको साथै भविष्यमा आउन सक्ने आर्थिक चुनौतीहरुको व्यवस्थापन गर्न सक्ने सीप समेत वित्तीय शिक्षाले प्रदान गर्दछ । खर्च कम गरी बचत गर्न सिकाउनुको साथै वित्तीय शिक्षाले बचतलाई सुरक्षित रुपले परिचालन गर्न सघाउँदछ । वित्तीय सेवाहरु बचत,ऋण , बीमा,रेमिटान्स जस्ता सेवाको सही ढंगले उपयोग गर्ने कार्यमा सहयोग पु¥याउनुका साथै यसले समुदायका सदस्यहरुमा वित्तीय व्यवस्थापनको ज्ञान सीप बढेपछि ऋणको भाखा नाघेको दर घट्ने,बचत बढ्ने जस्ता सकारात्मक परिणाम आउनाले वित्तीय सेवा प्रदायक संस्थाहरुलाई पनि वित्तीय साक्षरताले महत्वपूर्ण सहयोग पु¥याउँदछ।

आज भोली वित्तीय साक्षरताको अज्ञानताका कारण कतिपय व्यक्तिहरु बीना योजना आफ्नो क्षमता भन्दा बढी ऋण लिने, क्षमता भन्दा बढी खर्च गर्ने गर्दा योजना बीनाको कामले आर्थिक भार बढ्दै जाँदा व्यक्ति र सो व्यक्तिको व्यवसाय धरासायी भएको तथा झन पछि झन गरिबीतर्फ उन्मुख हुँदै गएका उदाहरणहरु प्रशस्त भेटिन्छन् । हरेक व्यक्तिले आफ्नो मासिक आम्दानी के कति हो ? सो अनुपातमा खर्च गर्ने कति हो ? यावत कुराहरुको पूर्व योजना र पुर्व बजेट बनाउनु पर्दछ । जस्तैः एउटा परिवारको कुरा गर्दा हप्तामा मासु कति दिन खाने ? कति मुल्यको खाने ? महिना भरी तरकारीमा कति खर्च गर्ने? बालबालिकाको शैक्षिक खर्च कति गर्ने ? बालबालिकाको माग अनुसार खेलौना जस्तैः साइकल, कति बर्षमा, कुन महिनामा कति रुपैँयाको किनिदिने ? परिवारमा जस्तैः दशै, तीज जस्ता चाडपर्वमा कपडा लगायतका काममा कति रकम सम्म खर्च गर्ने ? कति वर्षमा राम्रो घर बनाउने?, बच्चाहरुको शिक्षाको लागि श्रोतको बन्दोवस्त आजैदेखि कसरी गर्ने ? सो सबै पूर्व योजना र योजना अनुसारको उपयुक्त बजेटको व्यवस्था र सोसम्बन्धी पूर्ण ज्ञान हरेक व्यक्तिमा हुनु पर्दछ । यहि नै वित्तीय रुपले साक्षर हो । बिना योजना लाखौँ करोडाँै जथाभावी खर्च गर्दा वित्तीय ज्ञानको अभावमा धेरै मानिसहरु आर्थिक हिसावले पछाडि पर्नु परेको अवस्था छ ।

वित्तीय साक्षरता प्रदान गर्नु भनेको पैसाले कसरी काम गर्दछ या यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा ज्ञान हासिल गराउनु हो । यदि जो व्यक्ति वित्तीय रुपले साक्षर छ त्यसले कमाउनु भन्दा बढी जोगाउनु वा सुरक्षित रहनु भन्ने कुरालाई बढी महत्व ठान्दछ । अझै पनि धेरै मानिसहरु कमाई भएर पनि श्रोत र साधनको उचित व्यवस्थापन तथा सुरक्षा गर्न नसक्दा झन पछि झन गरिबीसंग नजिकिदै गएको हामी पाउँदछौ । जबसम्म हामीले कमाएको सम्पत्तिको सुरक्षा तथा के कसरी खर्च गर्ने यावत विषयमा व्यवस्थापन गर्न जान्दैनौ तब सम्म स्थायी आर्थिक उन्नति गर्न असम्भव हुन्छ । पैसा कमाउनका निमित्त मानिस हरप्रयासहरु गरिरहेका हुन्छन्,पैसाको अर्को पाटो यो खर्च गर्नकै लागि बनाइएको विनिमय साधन हो तर यसलाई कहाँ कसरी कति खर्च गर्ने?कसरी खर्च गर्दा प्रभावकारी हुन्छ र बचाउन सकिन्छ ,व्यवस्थित र विश्वसनिय कारोबार कसरी गर्न सकिन्छ भनेर पैसा परिचालनको सही विधि थाहा भयो भने मात्र बचत गर्न सकिन्छ । फजुल खर्च कम गरेर ,आम्दानीको केही भाग छुट्याएर ,नियमित रुपमा केही न केही सञ्चित गरेर बचत गर्नु र वित्तीय व्यवस्थापन गर्नु सुखी जीवनको एक मजबुत आधार हो ।
बालबालिका तथा युवा वर्गमा वित्तीय चेतना प्रभावकारी रुपले सञ्चालन गर्न सकियो भने उनीहरुले आफ्नो भविष्यको वित्तीय योजना बनाउन सक्दछन् । उनीहरुले गर्ने खर्चमा मितव्ययिता अपनाउँछन् ,आम्दानीका उपायहरु खोज्दछन् , अनावश्यक फजुल खर्चहरु कम गर्दछन् जसले गर्द उनीहरुको सुन्दर र सुखी भविष्यका लागि ठुलो योगदान पुग्न सक्दछ ।

वर्तमान अवस्थामा हरेक संघ संस्था ,निकाय समुदाय तथा विद्यालयस्तरमा व्यापक रुपमा वित्तीय शिक्षाको अभियान सञ्चालन गरिनु पर्दछ । विभिन्न स्थानीय तहका पाठ्यक्रममा वित्तीय शिक्षालाई समावेश गरी औपचारिक शिक्षाको रुपमा राखिनु पर्दछ । विभिन्न वित्तीय सेवा प्रदायक निकायहरु बैंक वित्तीय संस्था,सहकारी ,बिमाहरुले वित्तीय शिक्षालाई अभियानकै रुपमा परिणाम आउने गरी हरेक समुदाय तथा विद्यालयस्तरमा सञ्चालन गरिनु पर्दछ ।
कार्यक्रमका नाममा गरिने विभिन्न औपचारिकता प्रदान गर्ने कार्यक्रम मात्र नगरेर स्थानीय तह तथा हरेक निकायले वित्तीय शिक्षा कार्यक्रमलाई एउटा प्रभावकारीताका साथ परिणाममुखी ढंगले सञ्चालन ग¥यो भने व्यक्ति,परिवार तथा विभिन्न व्यवसायमा आउने वित्तीय संकट,गरिबी न्यूनीकरण,व्यवसायिक विकास,आर्थिक सम्वृद्धि तथा सामाजिक उन्नतीमा टेवा पुग्नेछ । त्यसैले वित्तीय साक्षरता आजको प्रमुख आवश्यकता हो ।

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...