News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल – २०८१ -मंसिर १०, सोमवार

झुलेनी नेटवर्क २०८१ मंसिर १०
१२३८ पटक
२०८१ मंसिर १०

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। मिटिङको लागि समय उत्तम रहेको छ। प्रेम सम्बन्धमा प्रेमीबाट उपहार मिल्ने सम्भावना छ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )-आफन्तहरूबाट धोका मिल्ने सम्भावना छ। व्यापार क्षेत्रमा अरूको देखासिकी गर्नदेखि बच्नुहोस्। व्यर्थको काममा ऊर्जा र पैसा खर्च हुनसक्छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )- आजको दिन ऊर्जावान रहनेछ। कार्यक्षेत्रमा बनाएका योजनाहरू सफल रहनेछन्। स्वास्थ्य अनुकूल रहनेछ। जीवनसाथीको सहयोग मिल्नेछ। गोप्य कुरा कसैसँग नभन्नूहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )- सञ्चित धनमा वृद्धि हुनका साथै नयाँ काम हात लागिपर्ला। कार्यक्षेत्रमा शत्रुहरू परास्त हुनेछन्। व्यापार व्यवसायमा अग्रिम गरेका निर्णयहरूबाट लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )- कार्य क्षेत्रमा इच्छाको पूर्ति हुनेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। व्यापारीहरूलाई व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )-स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफ्नो खानपानमा ध्यान दिनुपर्ने हुन्छ। यात्रा गर्दा सामानको ध्यान राख्नुहोला। व्यापारमा लाभ रहेको छ। आर्थिक व्यवसायमा जानकारको सल्लाह अवश्य लिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )-कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नुको साथै पद प्रतिष्ठामा वृद्धि हुनेछ। शेयर मार्केटबाट लाभ प्राप्तिको योग छ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )-अग्रिम कार्यबाट शुभ सूचना मिल्नेछ। छरछिमेकी र घर परिवारसँग रमाइलो समय बित्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यापारमा थप लगानी लगाउने समय रहेको छ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अङ्क ४ रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )-आज व्यापार व्यवसाय भन्दा सेवा मुलक कार्यबाट लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी रहनुहुनेछ। पिताको माध्यमबाट उपहार मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )-स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफन्तबाट टाढा हुने सम्भावना छ। व्यापारलाई लिएर गरिएको यात्राबाट सफलता मिल्नेछ। रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )-राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। साझेदारी व्यापारबाट लाभको सम्भावना रहेको छ। जीवनसाथी नोकरी पेशामा हुनुहुन्छ भने पदोन्नतिको योग छ। विद्यार्थीहरूलाई समय अनुकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )- प्रतिस्पर्धी विद्यार्थीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। आयका स्रोतहरू बढ्नेछन्। सवारी साधनमा धन खर्च हुनसक्छ। व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...