


२०८३ कार्तिक २२प्यूठानका तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिष्ट पार्टी मल्लरानी गाउँपालिका कमिटीको संयुक्त आयोजनामा शुभदीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष बोमबहादुर खत्री प्रमुख अतिथि तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नारायणप्रसाद अधिकारी विशेष अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथि खत्री र विशेष अतिथि अधिकारीले चाडपर्वको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, एकता र सहकार्यको महत्वमाथि जोड दिएका थिए ।
त्यसैगरी नेकपा (एमाले) प्यूठान जिल्ला कमिटीका अध्यक्ष विजय विराज विष्ट, नेपाली कम्युनिष्ट पार्टीका प्यूठान जिल्ला इन्चार्ज प्रभात केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्णबहादुर खड्का र नेकपा (एमाले) प्यूठानका जिल्ला उपसचिव ईश्वरा आचार्यले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
आईतवार खलंगास्थित टंक शहिद स्मृति प्रतिष्ठान भवनमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका अध्यक्ष गुणेन्द्र बस्नेतको अध्यक्षता रहेको थियो । नेकपा मल्लरानीका अध्यक्ष विष्णु शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपा एमाले मल्लरानीका अध्यक्ष नोमराज पौडेलले गरेका थिए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












