


२०८३ कार्तिक १०प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, रुपन्देहीले न्यौपानेलाई उत्कृष्ट ट्राफिक प्रहरीका रूपमा छनोट गरेको हो।
जिल्लामा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा अभिवृद्धि तथा सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै न्यौपानेलाई सम्मानित गरिएको कार्यालयले जनाएको छ।
न्यौपानेले संगठनको नीति, निर्देशन तथा प्रचलित कार्यविधिअनुसार व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन भूमिका खेलेको बताईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।














