


२०८३ असोज २ ८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना गरेको छ।
प्यूठान जिल्ला झिमरुक गाउँपालिका वडा नं. ४ निवासी शिक्षा प्रेमी केशर जि सीले आफ्नो जन्म दिने आमा चुमकला जि सी ८४ बर्ष प्रवेश गरेकोले हिन्दु धर्म संस्कार अनुसार ८४ पुजाँ गर्न प्रचलन भए पनि पुजाँ नगरि बुवा र आमाको सम्मानमा झिमरुक गाउँपालिकामै रहेको लक्ष्मी माध्यमिक विधालयमा बुवा र आमाको नामबाट “बेगम – चुमकला शैक्षिकबृति अक्षकोष स्थापना गरेको जि सीले बताए।
नयाँ पुस्ताका लागि केहि सिकाई हुने र गरिव विपन्न विधार्थीका लागि अक्षकोषको ब्याजको रकमले छात्रवृति मार्फत सहजता प्रदान गर्न आफ्नो परिवारले यस्तो काम गर्ने निर्णय गरेको चुमकलाका नाति मनोज कुमार जि सीले जानकारी दिए। शुक्रबार एक कार्यक्रमका विच विधालयमा १ लाख १ हजार १ सय ११ रुपैयाँको चेक विधालयलाई हस्तान्तरण गरिएको छ।
शिक्षाको क्षेत्रमा गरिएको यो पुण्य कार्यले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई प्रेरणा, सहयोग र उज्ज्वल भविष्य निर्माणको अवसर प्रदान गर्ने विश्वास लिईएको छ। जि सी परिवारको यो अतुलनीय योगदानले भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विधालयका प्रधानाध्यापक कर्ण बहादुर जि सीले बताए।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
















