News Portal

रेडियो सुन्नुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

झुलेनी नेटवर्क २०८३ असोज २
२१९ पटक
२०८३ असोज २

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना गरेको छ।

प्यूठान जिल्ला झिमरुक गाउँपालिका वडा नं. ४ निवासी शिक्षा प्रेमी केशर जि सीले आफ्नो जन्म दिने आमा चुमकला जि सी ८४ बर्ष प्रवेश गरेकोले हिन्दु धर्म संस्कार अनुसार ८४ पुजाँ गर्न प्रचलन भए पनि पुजाँ नगरि बुवा र आमाको सम्मानमा झिमरुक गाउँपालिकामै रहेको लक्ष्मी माध्यमिक विधालयमा बुवा र आमाको नामबाट “बेगम – चुमकला शैक्षिकबृति अक्षकोष स्थापना गरेको जि सीले बताए।
नयाँ पुस्ताका लागि केहि सिकाई हुने र गरिव विपन्न विधार्थीका लागि अक्षकोषको ब्याजको रकमले छात्रवृति मार्फत सहजता प्रदान गर्न आफ्नो परिवारले यस्तो काम गर्ने निर्णय गरेको चुमकलाका नाति मनोज कुमार जि सीले जानकारी दिए। शुक्रबार एक कार्यक्रमका विच विधालयमा १ लाख १ हजार १ सय ११ रुपैयाँको चेक विधालयलाई हस्तान्तरण गरिएको छ।

शिक्षाको क्षेत्रमा गरिएको यो पुण्य कार्यले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई प्रेरणा, सहयोग र उज्ज्वल भविष्य निर्माणको अवसर प्रदान गर्ने विश्वास लिईएको छ। जि सी परिवारको यो अतुलनीय योगदानले भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विधालयका प्रधानाध्यापक कर्ण बहादुर जि सीले बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...