News Portal

रेडियो सुन्नुहोस्

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

झुलेनी नेटवर्क२०८३ कार्तिक १०
६४ पटक
२०८३ कार्तिक १०

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। गणतान्त्रिक खेलमैदानमा कार्तिक १३ देखि १५ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन १२ गते दिउँसो ४ बजेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु. १ लाख र कप, द्वितीय हुनेले रु. ५० हजार र कप तथा सेमिफाइनलमा पुगेका दुई टिमले रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट स्पाइकर, ब्लकर, लिब्रो र सर्भरलाई जनही रु. १ हजारसहित ट्रफि प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु. २ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुने टिममा १ जना व्यवस्थापक सहित ९ जना खेलाडी हुनुपर्नेछ। खेलाडीले अनिवार्य रूपमा जर्सी लगाउनुपर्ने र सम्बन्धित पालिकाको परिचय खुल्ने कागजात पेस गर्नुपर्ने नियम राखिएको छ। खेल अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमअनुसार सञ्चालन हुनेछ।

खेलकुदको विकास तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको वडाअध्यक्ष सुमनराज श्रेष्ठले बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...