झुलेनी नेटवर्क २०८३ असोज १४ गते



२०८३ असोज १४ गतेरात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर स्टिकर टाँस गरिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले स्टिकर टाँस गरेको हो ।

स्वर्गद्वारी नगरपालिका अन्तर्गतको भिङ्री–स्वर्गद्वारी सडकखण्ड तथा माण्डवी गाउँपालिका–५ अन्तर्गतको चकचके–चेरनेटा–खलङ्गा सडकखण्डका विभिन्न जटिल खालका मोड र तथा दुर्घटना सम्भावित क्षेत्रमा स्टीकर टाँस गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख विष्णु न्यौपानेले बताए । न्यौपानेका अनुसार जिल्लाका ९ वटा स्थानमा रहेका सडक छेउका क्र्यास बेरिएरमा रिफ्लेक्टर स्टिकर टाँस गरिएका छन्।

रातिको समयमा घुम्ती र मोडहरुमा सवारी साधन र बाटो स्पष्ट नदेखिँदा दुर्घटना हुने भएकाले ‘रिफ्लेक्टर स्टिकर’ टाँसेपछि परैबाटै लाइट पर्दा टक्लने हुँदा दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।















