


२०८३ असोज २८बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा शुभकामना आदानप्रदान सङ्गै स्वच्छता र सामाजिक उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया समेत गरिएको थियो।
सङ्घका अध्यक्ष शन्देश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीको प्रमुख आथित्यता र मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्काको विशेष आथित्यता रहेको थियो।
जनप्रतिनिधि, कर्मचारी, सङ्घका वर्तमान तथा पूर्व पदाधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको कार्यक्रममा शुभकामना आदानप्रदान संगेे स्वच्छ, शान्त र समृद्घ प्यूठानका लागि सामाजिक उत्तरदायित्व अन्तरगत व्यवसायि र सर्वपक्षिय भुमिकाको विषयमा सरोकारवालाविच अन्तरक्रया भएको अध्यक्ष आचार्यले बताए।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।















