


२०८३ असोज १३ गते नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
चन्द्रलाल न्यौपानेको नेतृत्वमा १३ सदस्यीय क्षेत्रीय समिति निर्बिरोध निर्वाचित भएको नेपाली कांग्रेस प्यूठान निर्वाचन समितिले जनाएको छ ।
सोमबार भएको उम्मेदवारी दर्ता अनुसार प्रदेश क्षेत्रीय समिति (क)मा तीन जनाको उम्मेदवारी परेको छ । (क) मा नेत्रमणी पोख्रेल, नविल विक्रम शाह र दुर्गा बहादुर बुढाथोकी क्षेत्रीको उम्मेदवारी परेको हो । यसको लागि मतदान भैरहेको छ । केहि केन्द्रीय प्रतिनिधि निर्बिरोध निर्वाचित भएका छन् । खुल्ला, खसआर्य, जनजाती, युवाको लागि आज विहान ११ बजेदेखि मतदान भैरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












