प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋणसँग सम्बन्धित कुनै सम्झौता नहुने बताएका छन् ।
वीआरआईलाई लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् ।
सिंहदरबारमा पूर्वप्रधानमन्त्री र सरोकारवालासँगको छलफलमा प्रधानमन्त्रीले ऋणसँग सम्बन्धित कुनै सम्झौता नगर्ने जानकारी गराएका हुन् । चीन भ्रमणबारे परामर्श लिनको लागि ओलीले सरोकारवालासँग छलफल गरेका हुन् ।