News Portal

रेडियो सुन्नुहोस्

सहित्य परिषद प्यूठानको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल

मधुसूदन पोख्रेल२०८१ माघ २७
७६४ पटक
२०८१ माघ २७

सहित्य परिषद प्यूठानको अध्यक्षमा बिमला खनाल निर्वाचित भएकी छिन्। शनिबार सम्पन्न ३० औँ साधारण सभा तथा १० औँ अधिवेसनले खनालको अध्यक्षतामा १५ सदस्य कार्यसमित चयन गरेको हो ।

जसको उपाध्यक्षमा धुर्व गिरी , सचिव राजकुमारी कुँवर, सहसचिव सुमन सुवेदी, कोषाध्यक्ष श्याम बिष्ट, सदस्यहरू रामप्रसाद पोखरेल, खेमराज पोखरेल ,जयश्वर जैसी ,लोकेन्द्र जिसी, लक्ष्मी मगर सङ्घर्ष ,कमला पोख्रेल, सिर्जना नेपाली, भानुभक्त पोखरेल, टिकाराम रिजाल, प्रार्थना सुनार निर्विरोध चयन भएक हुन ।

कार्यक्रममा मुखपत्र तथा सुमन पुस्तकको विमोचन श्रष्टा सम्मान, प्राध्यापक डाक्टर गोपेन्द्र पौडेलद्वारा लिखित यात्राको धुनको चर्चा तथा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । बिमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य प्राध्यापक डाक्टर गोपेन्द्र पौडेल प्रमुख अतिथी, विशिष्ट अतिथि प्युठान नगरपालिकाका मेयर , तथा स्वर्गद्धारी नगरपालिका मेयर ,लगायत विभिन्न व्यक्तिको अतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान गरिएका व्यक्तित्व अर्जुनकुमार कक्षपति , लिला पुन , कमल पोख्रेल, मोहन गिरी, निम बहादुर थापा , विपी सेडाई, सानु गुल्मेली लगाएत श्रष्टालाई सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा जिल्ला स्तरीय गजल लेखन तथा वाचन प्रतियोगिता पनि गरिएको थियो । गजल प्रतियोगितामा प्रथम , द्धितय र तृतीय क्रमश श्याम बिष्ट, लक्ष्मी मगर सङ्घर्ष र लालीमाया थापा भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...