News Portal

रेडियो सुन्नुहोस्

सहित्य परिषद प्यूठानको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल

मधुसूदन पोख्रेल२०८१ माघ २७
१३२३ पटक
२०८१ माघ २७

सहित्य परिषद प्यूठानको अध्यक्षमा बिमला खनाल निर्वाचित भएकी छिन्। शनिबार सम्पन्न ३० औँ साधारण सभा तथा १० औँ अधिवेसनले खनालको अध्यक्षतामा १५ सदस्य कार्यसमित चयन गरेको हो ।

जसको उपाध्यक्षमा धुर्व गिरी , सचिव राजकुमारी कुँवर, सहसचिव सुमन सुवेदी, कोषाध्यक्ष श्याम बिष्ट, सदस्यहरू रामप्रसाद पोखरेल, खेमराज पोखरेल ,जयश्वर जैसी ,लोकेन्द्र जिसी, लक्ष्मी मगर सङ्घर्ष ,कमला पोख्रेल, सिर्जना नेपाली, भानुभक्त पोखरेल, टिकाराम रिजाल, प्रार्थना सुनार निर्विरोध चयन भएक हुन ।

कार्यक्रममा मुखपत्र तथा सुमन पुस्तकको विमोचन श्रष्टा सम्मान, प्राध्यापक डाक्टर गोपेन्द्र पौडेलद्वारा लिखित यात्राको धुनको चर्चा तथा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । बिमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य प्राध्यापक डाक्टर गोपेन्द्र पौडेल प्रमुख अतिथी, विशिष्ट अतिथि प्युठान नगरपालिकाका मेयर , तथा स्वर्गद्धारी नगरपालिका मेयर ,लगायत विभिन्न व्यक्तिको अतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान गरिएका व्यक्तित्व अर्जुनकुमार कक्षपति , लिला पुन , कमल पोख्रेल, मोहन गिरी, निम बहादुर थापा , विपी सेडाई, सानु गुल्मेली लगाएत श्रष्टालाई सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा जिल्ला स्तरीय गजल लेखन तथा वाचन प्रतियोगिता पनि गरिएको थियो । गजल प्रतियोगितामा प्रथम , द्धितय र तृतीय क्रमश श्याम बिष्ट, लक्ष्मी मगर सङ्घर्ष र लालीमाया थापा भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...