News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका विभिन्न ठाउँमा माघी मेलाको रौनक

बोम बहादुर परियार२०८१ पौष २९
११८५ पटक
२०८१ पौष २९

प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम बसी प्यूठानको गौमुखी र ऐरावतीमा विभिन्न स्थानबाट तीर्थयात्रीहरू स्नान गरी माघे सक्रान्ती पर्व मनाउँछन् ।

प्यूठानको उत्तरी भेगमा पर्ने झिमरुक नदिको उद्गम स्थल गौमुखी र झिमरुक र माडी नदिको सङ्गम स्थल ऐरावतीमा भक्तजनहरू पौष मसान्त देखी नै भिडभाड लाग्ने गर्दछन् । माघे सक्रान्तीका अवसरमा प्यूठानका यी दुवै ठाउँको पानीले स्नान गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास  छ ।

स्वर्गबाट अप्सराहरू ऐरावत हात्तीमा सवार गरी पवित्र जल भएको स्थानमा स्नान गर्न आउने र स्नान गरिसकेपछि स्वर्गद्वारीको बाटो हुँदै स्वर्ग प्रस्थान गर्ने ठाउको रूपमा ऐरावतीलाइ चिनिने किम्बदन्ती रहेको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले बताए ।

पुष मसान्त साँझ देखी स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै पालिकाले सांस्कृतिक कार्यक्रमको आयोजना गरी पुरस्कारको व्यवस्था गरेको छ । ऐरावतीमा रातभर भक्तजनहरू भजन कीर्तन सँगै नाचगानमा रमाइ माघ १ गतेका दिन बिहानै स्नान गरी फर्कने गर्दछन् ।

ऐरावती गाउँपालिकाको १ नम्बर वडामा  पर्ने उक्त स्थानमा प्यूठान ,दाङ, कपिलवस्तु र अर्घाखाँचीबाट समेत ठुलो सङ्ख्यामा तीर्थयात्रीहरू उपस्थित हुने शाहले बताए ।

त्यस्तै प्यूठानको झिमरुक नदिको उद्गम स्थल गौमुखीमा पनि माघे सक्रान्ती मेला लाग्ने गर्दछ । हरेक वर्ष लाग्ने मेला यस वर्ष पनि लाग्ने भएको छ  । अहिले स्थानीयहरूले स्नान गर्न आउने भक्तजनहरूलाई स्वागत गर्न सुन्दर गेट समेत निर्माण गरेको स्थानीय मित्र थापाले बताए । त्यस्तै प्यूठान नगरपालिका ४ बाझोवारिमा  विगतका वर्षमा जस्तै यस वर्ष पनि माघी मेला लाग्ने भएको छ ।

मेलाका अवसरमा मगर सस्कृती झल्कने नाचगान, विभिन्न रोटी परौठा,खादै  राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । मेलामा लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायिका सम्झना रणपाल , स्थानीय कलाकार , प्यूठान डान्स आइडल सिजन २ का कालाकारको  समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

जिल्लाको सरुमारानी गाउँपालिका ४ रानी कुवामा पनि माघी मेला लाग्ने भएको छ । २०७५ साल देखी लाग्दै आएको मेला यस वर्ष पनि भव्य रूपमा  लाग्ने वडाध्यक्ष चिन्त बहादुर सोमै मगरले बताए । परापूर्व कालमा भुरेटाकुरे राजाहरू त्यस ठाउँमा बस्ने हुँदा उक्त ठाउँलाई रानी कुवा भनिएको हो । माघ १ लाग्ने उक्त मेलामा प्राय मगर जातिको बाहुल्यता बढी भएको हुँदा  स्थानीयहरूले बारा रोटी ,फापरको परौठा , तरुल , बङ्गुरको मासु  खादै विक्रिवितरण गदै नाचगानमा रमाउँछन् । जहाँ मारुनी सोरठी नाच समेत हुने हुँदा मेला भर्न आउनेहरूको उत्साहजनक सहभागिता रहन्छ ।  गाउँपालिकाले रानीकुवालाइ  पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न १ करोड भन्दा बढी रकम विनियोजन गरी काम गरिरहेको सोमैले बताए ।

माण्डवी गाउँपालिकाको १,३ र ५ नम्बरको सङ्गम स्थल, अरङखोला र माडी खोलाको सङ्गम स्थल त्रिवेणी धाममा माघी मेला हुने गर्दछ  । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त धाममा भक्तजनहरूले बिहान स्नान गरी दिउँसो भजन कीर्तनमा रमाउने माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोशनले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...