News Portal

रेडियो सुन्नुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

झुलेनी नेटवर्क२०८२ कार्तिक २९
४४० पटक
२०८२ कार्तिक २९

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा र विघठित प्रतिनिधिसभाको पूर्नस्थापनाका लागि देशव्यापी रुपमा जनप्रदर्शन गरेको बताएका छन् । प्यूठान सदरमुकाम खलंगामा आयोजित ¥याली तथा जनप्रर्दशनलाई सम्बोधन गर्दै थापाले भदौ २३ र २४ को विध्वंसपछि अरुको सातो गएको तर, एमालेले आफुलाई प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध पूर्नजागृत गरेको बताए ।

प्रमुख बक्ताका रुपमा जनप्रदर्शनलाई सम्बोधन गरेका थापाले प्यूठान जिल्लामा आगजनी भएको ४ वटा पार्टी कार्यालयमध्य यौटामा नक्कली आगजनी र ३ वटामा सक्कली आगजनी भएको बताए । यौटा कार्यालयमा सामाग्रीहरु बाहिर निकालेर नक्कली आगजनी गरेको उनको दावि थियो । कुन कार्यालयमा नक्कली आगजनी गरिएको थियो भनेर स्पस्ट नखुलाएपनि थापाले नेकपा एमाले, नेपाली कांग्रेस र राष्टिय जनमोर्चाको पार्टी कार्यालय जनाउनेमाथि कारवाहि हुन्छ कि उदैन भनेर प्रश्न उठाएका थिए । भदौ २४ गदे एमाले, कांग्रेस, माओवादी केन्द्र र राष्टिय जनमोर्चाको कार्यालयमा आगजनी गरिएको थियो ।

थापाले भदौ २४ गते आगजनी, तोडफोड र लुटपाट गर्नेहरुलाई माफि माग्न र आत्मसर्मपण गर्न चेतावनी दिए । ऐन मौकामा माफि मागे र आत्मसर्मपण गरे क्षमा दिने भन्दै थापाले त्यसो नगरे घिसारेर कारवाहि गर्ने बताए । एमाले अहिले संयमित भएको बताउदै उने अपराधिहरुलाई नछोडिने बताए ।

भदौ २४ गते प्यूठानमा भएको आगजनी र तोडफोडमा संलग्नहरुलाई कारवाहि नगरे प्रशासन र सुरक्षा प्रमुहरुलाई आफूहरुले नोटिस गर्ने चेतावनी दिएका नेता थापाले कानुन विपरितका आदेश र परिपत्र पालना गर्न नहुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘ यहाँको प्रशासक र सुरक्षा प्रमुख हरुलाई भन्न चाहन्छुः अरुका घरमा, कार्यालयमा आगजनी गर्नेहरुलाई अनुसन्धान, अभियोजन र कारवाहि गर्ने मुद्धा चलाउने कार्यमा तपाईहरुले आफ्नो कतव्य पुरा गर्नु हुन्छ कि गर्नुहुन्न ? हामिले हेरिरहेका छौँ । म भन्न चाहन्छु नेकपा एमालेको जिल्ला पार्टी कार्यालय सहिद उमेशचन्द्र स्मृती भवन लुटपाट र आगजनी गर्नेको भिडियो क्लिप हेरेर यहाँको प्रशासनले मुद्धा चलाउँछ कि चलाउँदैन ? राष्टिय जनमोर्चाको खलंगाको सहिद मित्रमणी आचार्यको नाममा बनेको जिल्ला कार्यालय आगजनी गर्नेलाई अनुसन्धान र कारवाहि गर्छ कि गर्दैन ? नेपाली काँग्रेस बाग्दुलाको पार्टी कार्यालय जलाउनेलाईं कारवाहि गर्छ कि गर्दैन ? म यो जिल्लाका जनताले निर्वाचित गरेको सांसदका हिसावले भन्न चाहन्छु यदि तपाईहरुले त्यो काम गर्नुभएन भने हामिले तपाईहरुलाई गो ब्याक भन्नुपर्ने हुन्छ । कसैका कानुन विपरितका आदेश र परिपत्रका आधारमा अपराधिको अनुसन्धान नगरेमा तपाईहरु पनि हाम्रो नोटिसमा हुनुहुनेछ ।’

भदौ २४ गते भएको घटनामा थापाले प्रहरी प्रकाशनको भुमिकामा प्रश्न उठाएका छन् । आगजनी गर्ने २०–४० जनालाई नियन्त्रण गर्ने तागन हुदाहुदै रमिते बनेको उनले बताए । “एमालेको कार्यालय आगजनी गर्दाका भिडियो, नेपाली कांग्रेसको भाडाको कार्यालय जलाउने हरुको भिडियो, राष्टिय जनमोर्चाको सिडियो कार्यालय पछाडी प्रहरी कार्यालयको ५ सय मिटरको दुरीमा रहेको कार्यालय जलाउन जाने हरुको भिडियोले के भन्छ ?” कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने– “त्यो आगजनी र लुटपाट कसले गरेको हो ? २०–४० जना नियन्त्रण गर्ने तागत थियो कि थिएन ? मलाई लाग्छ थियो । किन रमिते बनियो ?”

कार्यक्रममा नेकपा एमालेका नेताहरु हरि प्रसाद रिजाल, विजय विराज विष्ट, श्रीधर रोका, टेकराज केसी लगायतले सम्बोधन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...