News Portal

रेडियो सुन्नुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

झुलेनी नेटवर्क२०८२ कार्तिक २९
३१४ पटक
२०८२ कार्तिक २९

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा र विघठित प्रतिनिधिसभाको पूर्नस्थापनाका लागि देशव्यापी रुपमा जनप्रदर्शन गरेको बताएका छन् । प्यूठान सदरमुकाम खलंगामा आयोजित ¥याली तथा जनप्रर्दशनलाई सम्बोधन गर्दै थापाले भदौ २३ र २४ को विध्वंसपछि अरुको सातो गएको तर, एमालेले आफुलाई प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध पूर्नजागृत गरेको बताए ।

प्रमुख बक्ताका रुपमा जनप्रदर्शनलाई सम्बोधन गरेका थापाले प्यूठान जिल्लामा आगजनी भएको ४ वटा पार्टी कार्यालयमध्य यौटामा नक्कली आगजनी र ३ वटामा सक्कली आगजनी भएको बताए । यौटा कार्यालयमा सामाग्रीहरु बाहिर निकालेर नक्कली आगजनी गरेको उनको दावि थियो । कुन कार्यालयमा नक्कली आगजनी गरिएको थियो भनेर स्पस्ट नखुलाएपनि थापाले नेकपा एमाले, नेपाली कांग्रेस र राष्टिय जनमोर्चाको पार्टी कार्यालय जनाउनेमाथि कारवाहि हुन्छ कि उदैन भनेर प्रश्न उठाएका थिए । भदौ २४ गदे एमाले, कांग्रेस, माओवादी केन्द्र र राष्टिय जनमोर्चाको कार्यालयमा आगजनी गरिएको थियो ।

थापाले भदौ २४ गते आगजनी, तोडफोड र लुटपाट गर्नेहरुलाई माफि माग्न र आत्मसर्मपण गर्न चेतावनी दिए । ऐन मौकामा माफि मागे र आत्मसर्मपण गरे क्षमा दिने भन्दै थापाले त्यसो नगरे घिसारेर कारवाहि गर्ने बताए । एमाले अहिले संयमित भएको बताउदै उने अपराधिहरुलाई नछोडिने बताए ।

भदौ २४ गते प्यूठानमा भएको आगजनी र तोडफोडमा संलग्नहरुलाई कारवाहि नगरे प्रशासन र सुरक्षा प्रमुहरुलाई आफूहरुले नोटिस गर्ने चेतावनी दिएका नेता थापाले कानुन विपरितका आदेश र परिपत्र पालना गर्न नहुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘ यहाँको प्रशासक र सुरक्षा प्रमुख हरुलाई भन्न चाहन्छुः अरुका घरमा, कार्यालयमा आगजनी गर्नेहरुलाई अनुसन्धान, अभियोजन र कारवाहि गर्ने मुद्धा चलाउने कार्यमा तपाईहरुले आफ्नो कतव्य पुरा गर्नु हुन्छ कि गर्नुहुन्न ? हामिले हेरिरहेका छौँ । म भन्न चाहन्छु नेकपा एमालेको जिल्ला पार्टी कार्यालय सहिद उमेशचन्द्र स्मृती भवन लुटपाट र आगजनी गर्नेको भिडियो क्लिप हेरेर यहाँको प्रशासनले मुद्धा चलाउँछ कि चलाउँदैन ? राष्टिय जनमोर्चाको खलंगाको सहिद मित्रमणी आचार्यको नाममा बनेको जिल्ला कार्यालय आगजनी गर्नेलाई अनुसन्धान र कारवाहि गर्छ कि गर्दैन ? नेपाली काँग्रेस बाग्दुलाको पार्टी कार्यालय जलाउनेलाईं कारवाहि गर्छ कि गर्दैन ? म यो जिल्लाका जनताले निर्वाचित गरेको सांसदका हिसावले भन्न चाहन्छु यदि तपाईहरुले त्यो काम गर्नुभएन भने हामिले तपाईहरुलाई गो ब्याक भन्नुपर्ने हुन्छ । कसैका कानुन विपरितका आदेश र परिपत्रका आधारमा अपराधिको अनुसन्धान नगरेमा तपाईहरु पनि हाम्रो नोटिसमा हुनुहुनेछ ।’

भदौ २४ गते भएको घटनामा थापाले प्रहरी प्रकाशनको भुमिकामा प्रश्न उठाएका छन् । आगजनी गर्ने २०–४० जनालाई नियन्त्रण गर्ने तागन हुदाहुदै रमिते बनेको उनले बताए । “एमालेको कार्यालय आगजनी गर्दाका भिडियो, नेपाली कांग्रेसको भाडाको कार्यालय जलाउने हरुको भिडियो, राष्टिय जनमोर्चाको सिडियो कार्यालय पछाडी प्रहरी कार्यालयको ५ सय मिटरको दुरीमा रहेको कार्यालय जलाउन जाने हरुको भिडियोले के भन्छ ?” कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने– “त्यो आगजनी र लुटपाट कसले गरेको हो ? २०–४० जना नियन्त्रण गर्ने तागत थियो कि थिएन ? मलाई लाग्छ थियो । किन रमिते बनियो ?”

कार्यक्रममा नेकपा एमालेका नेताहरु हरि प्रसाद रिजाल, विजय विराज विष्ट, श्रीधर रोका, टेकराज केसी लगायतले सम्बोधन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...