

२०८२ मङ्सिर १६नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा लग्नुपर्छ । राजनीतिक प्रणाली समयअनुसार अद्यावधिक नहुँदा केवल संस्थागत स्थिरता मात्र प्रभावित हुँदैन, शासन, नीति निर्माण र जनविश्वास समेत कमजोर बन्छ । जनविश्वासमा कमजोर भएका कारण देशमा छोटो अवधिमै राजनीतिक नेतृत्वबाट देश समृद्ध तर्फ लग्न पहल नभएको गुनासा व्यापक आइरहेका छन् । जनविद्रोह भइरहेको छ । यस परिप्रेक्ष्यमा “राजनीतिमा पुस्तान्तरण”—अर्थात् एक पुस्ताको नेतृत्वबाट अर्को पुस्तामा जिम्मेवारीको हस्तान्तरण—आजको अत्यावश्यक जस्तै भएको छ ।
पुस्तान्तरण केवल उमेरको सवाल मात्र होइन; सोच, दृष्टिकोण, नेतृत्व शैली र व्यवस्थापकीय संस्कृतिको परिवर्तन हो । नेपालको राजनीतिमा लामो समयदेखि एकै पुस्ताको पकड रहेको छ । ती नेताहरूले देशलाई बहुदलीय लोकतन्त्र, गणतन्त्र, सङ्घीयता जस्ता ऐतिहासिक परिवर्तनसम्म पु¥याउन ठूलो भूमिका निर्वाह गरेका छन्। तर, वर्तमान समयको आवश्यकताहरू पुरानै पद्धति र सोचले पूरा गर्न सक्दैनन् । आजको विश्व द्रुत गतिमा प्रविधि, सहरीकरण,रोजगारीका शैली, शिक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका कारण बदलिरहेको छ । नयाँ पुस्ता डिजिटल प्रविधिमा पारङ्गत, विश्वव्यापी सोच राख्ने, युवा ऊर्जा र नवीनतम ज्ञानले सम्पन्न छ । देशको भविष्य निर्माणमा यिनलाई समावेश नगर्ने हो भने नीति–निर्माण पुरानो सोचमै सीमित हुन्छ,। जसको असर प्रत्यक्ष रूपमा राज्यको विकासगत क्षमतामा पर्छ ।
देशको भविष्य निर्माणमा यिनलाई समावेश नगर्ने हो भने नीति–निर्माण पुरानो सोचमै सीमित हुन्छ,। जसको असर प्रत्यक्ष रूपमा राज्यको विकासगत क्षमतामा पर्छ ।
पुस्तान्तरणको अर्थ केवल पुराना नेताहरूलाई विस्थापित गर्नु होइन । यो दुवै पुस्ताबिचको सन्तुलित सहकार्य हो । पुराना पुस्ताका नेताहरूसँग अनुभव, सङ्घर्षको इतिहास, राजनीतिक परिपक्वता र सङ्कट व्यवस्थापनका गुण हुन्छन् । नयाँ पुस्तासँग नवीन सोच, वैज्ञानिक दृष्टिकोण, नवप्रवर्तनको ऊर्जा र दक्षता हुन्छ । यदि दुवै पुस्ताको क्षमतालाई मिलाएर नेतृत्व संरचना तयार भयो भने राजनीति अधिक सन्तुलित, प्रभावकारी र दीर्घकालीन बन्न सक्छ । जनताका विश्वास बढ्दछ ।
पुस्तान्तरण नहुँदाको प्रमुख समस्या
पुरानै नेतृत्व बारम्बार दोहोरिँदा नीति नयाँ परिवर्तित आवश्यकता अनुसार अपडेट हुँदैन । युवामा निराशा आउँछ । नेतृत्वमा स्थान नपाउँदा युवा पुस्तामा राजनीतिलाई घृणा गर्न थाल्छन् । जसले लोकतान्त्रिक सहभागितामा कमजोर बनाउँछ। नयाँ पुस्ताले नेतृत्व खोज्दा पुराना पुस्ताले नदिँदा दलीय विभाजन र आन्तरिक असन्तुष्टि बढ्छ । प्रविधि–मैत्री, आधुनिक संयन्त्र प्रयोग गर्नुपर्ने अवस्थामा नेतृत्वको अपर्याप्त क्षमताका कारण कार्यान्वयन कमजोर हुन्छ ।
प्रविधि–मैत्री, आधुनिक संयन्त्र प्रयोग गर्नुपर्ने अवस्थामा नेतृत्वको अपर्याप्त क्षमताका कारण कार्यान्वयन कमजोर हुन्छ ।
दीर्घकालीन राष्ट्रिय योजना प्रायः युवा पुस्ताको सक्रिय भूमिकामै सफल हुन्छ, । तर नेतृत्व हस्तान्तरण नभए ती योजना कमजोर बन्छन्। धेरै देशमा पुस्तान्तरणले राजनीति नयाँ दिशामा अघि बढाएको उदाहरण छन् । क्यानडामा जस्टिन ट्रुडोले युवा पुस्ताको प्रतिनिधित्व गर्दै आधुनिकीकरणतर्फ देशलाई उन्मुख गरे। फिनल्यान्डकी साना मारिन पनि युवा नेतृत्वको सफल उदाहरण हुन्, । जसले राज्य सञ्चालनमा पारदर्शिता र प्रविधि–मैत्री नीतिहरू लागू गरिन् ।
नेपालमा केही नयाँ पुस्ताका नेताहरू उदाएका छन्, । तर उनीहरूलाई वास्तविक नेतृत्व भूमिकामा अघि बढ्न कठिनाइ छ । त्यो कठिनाइ जुनसुकै राजनीति दलमा जिल्लादेखि केन्द्रसम्म छ । कहिलेकाहीँ पद बाडफाडमा कुरा नमिल्दा झगडा गरेझैँ गरे पनि भागबन्डा मिलेपछि पुराना पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । आन्तरिक गुटबन्दी: पुरानै पुस्ताको वर्चस्व कायम गर्ने गरी गर्दछन् । यस्तो राजनीतिक संस्कृतिले नयाँ पुस्तालाई माथि उक्लिन दिँदैन । दलहरू नेता केन्द्रित हुँदा संस्थागत प्रक्रियाले काम गरेको पाइँदैन । सङ्गठनका तल्लो तहदेखि नीति–निर्माण तहसम्म युवा नेतृत्वलाई प्रोत्साहन गर्ने प्रणाली कमजोर छ । अवसर नपाउँदा युवा पुस्ताले राजनीति सिक्ने औपचारिक तथा व्यावहारिक शिक्षा पाउन चुनौती बन्दै गएको छ ।
युवालाई केवल आन्दोलन वा भीड परिचालनमा सीमित नराखी, व्यवस्थित, पेसागत र ज्ञान–आधारित क्षेत्रमा रूपान्तरण गर्नुपर्छ ।
दलीय आन्तरिक लोकतन्त्र हुन पुराना पुस्ताले सकभर दिँदैनन् । नेतृत्व चयन पारदर्शी, प्रतिस्पर्धात्मक र योग्य मान्यताको आधारमा हुनुपर्छ । आन्तरिक निर्वाचन नियमित गरिनुपर्छ । गर्न सकभर खोज्दैनन् । पुराना नेताले नयाँ पुस्तालाई अनुभव, सीप बाढ्न खोज्दैनन् । नयाँ पुस्ताको प्राविधिक र अनुसन्धान–आधारित सोचलाई संस्थागत रूपमा प्रयोग गर्न सक्ने वातावरण तयार पार्न खोज्दैनन् । युवालाई केवल आन्दोलन वा भीड परिचालनमा सीमित नराखी, व्यवस्थित, पेसागत र ज्ञान–आधारित क्षेत्रमा रूपान्तरण गर्नुपर्छ ।
राजनीतिमा पुस्तान्तरण “पुराना पुस्ताको असफलता” होइन, “भविष्यको आवश्यकता अनुसारको रूपान्तरण” हो । पुराना पुस्ताको योगदानप्रति सम्मान राख्दै, नयाँ पुस्तालाई अवसर दिने संस्कृति हो । यसले लोकतन्त्रलाई जीवित र गतिशील राख्न सक्छ । नेपालका युवामा ऊर्जा, क्षमता र विश्व–स्तरीय दृष्टिकोण छ ।
राजनीतिमा पुस्तान्तरण “पुराना पुस्ताको असफलता” होइन, “भविष्यको आवश्यकता अनुसारको रूपान्तरण” हो ।
उनीहरूलाई राजनीति र नेतृत्वमा लैजाने प्रक्रिया व्यवस्थित गर्न सक्नुपर्छ ।त्यसो गरियो भने देशको शासन मात्र होइन, आर्थिक, सामाजिक तथा कूटनीतिक क्षेत्र समेत द्रुत गतिमा अघि बढ्न सक्छ। त्यसैले आजको समयको प्रमुख आवश्यकता राजनीतिमा पुस्तान्तरण हो । अनुभव र नवप्रवर्तनको समन्वय गर्दै राजनीति प्रणालीमा पुस्तान्तरणलाई संस्थागत गर्न पहल सबैले गरौँ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।











