News Portal

रेडियो सुन्नुहोस्

लोपोन्मुख भाषा संरक्षण गर्नु आवश्यक:  सांसद थापा

झुलेनी नेटवर्क२०८१ फागुन २०
१५३७ पटक
२०८१ फागुन २०

प्रतिनिधिसभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले लोपोन्मुख भाषा संरक्षण गर्नु आवश्यक रहेको बताएका छन् । सोमबार कुसुण्डा जातीको भाषा सम्बन्धी राष्ट्रिय स्तरको १५ दिने तालिम उद्घाटन गर्दै सांसद थापाले कुसुन्डा जातिले बोल्ने लोपोन्मुख भाषाको संरक्षण र विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताए ।

भाषाको प्रयोगको अभावमा अहिले कुसुन्डा समुदायले बोल्ने भाषा लोप हुँदै गइरहेको छ । भाषा र संस्कृतिको संरक्षणका लागि एकीकृत र सङ्गठित बसोबास आवश्यक रहेको थापाले बताए । उनले कुसुन्डा भाषालाई स्थानीय पाठ्यक्रम बनाएर कुसुण्डा समुदाय बसोबास गर्ने वस्तिमा लागु गर्न स्थानीय तहलाई सुझाव दिएका छन् ।

लोपोन्मुख कुसुण्डा भाषाको संरक्षणका लागि तालिमको आयोजना गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

तालिममा छ जिल्लाका ३५ जना कुसुन्डा समुदायका प्रतिनिधिहरू सहभागी भएका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...