News Portal

रेडियो सुन्नुहोस्

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

झुलेनी नेटवर्क२०८१ कार्तिक १२
४७२ पटक
२०८१ कार्तिक १२

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको रुपमा विकास गर्न लागिएको लुप्लुङ्गस्थित कुल घर र अन्य संरचना निर्माणका लागि हालसम्म ३० लाख रुपैयाँ सहयोग संकलन भएको निर्माण समितिका अध्यक्ष मधुसुदन भण्डारीले बताए । धनञ्जय ऋषिका सन्तान भनिने धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पुरानै कुलघर रहेको ठाउँमा भवन निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०८१/०८२ मा १७ लाख रुपैयाँको ठेक्का लगाएर उक्त संग्रहालय भवनको काम सुरु गरिएको थियो।

८.९ वर्गफिट आकारमा पौराणिक कला कौशलता झल्किने गरी घरको निर्माण भईरहेको छ । बुट्टा काटिएका ढोका र आँखी झ्याल राखिएको उक्त भवनको चारपाखे छानो डिजाईन गरिएको छ । भवनको ८० प्रतिशत काम सकिएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार भवनसंग जोडिएका मन्दिर र अन्य संरचनाहरु पनि पूननिर्माण भईरहेका छन् । समितिमार्फत अहिलेसम्म करिब ४० लाख रुपैयाँ खर्च भईसकेको छ ।

उक्त संग्रहालय भण्डारीहरुको कुलपुजासंग जोडिएको छ । जुम्ला .जिल्लाका सिंजा गाउँबाट दैलेखको रिजा हुँदै लुप्लुङ्ग आएपछि रिजालहरु भण्डारी भएको मानिन्छ । तत्कालित बाईसे–चौविसे राज्य अन्तरगत भित्रीकोट दरवारमा भण्डारीसंग जोडिएको विभिन्न प्रसंगपछि तत्कालित राजाले उपाधिस्वरुप भण्डारी थर राखिदिएको किंवदन्ती रहेको छ ।

धनञ्जय गोत्रका उनीहरुले शताब्दी अगाडिदेखि पुजाआजामा प्रयोग गर्दै आएका ऐतिहासिक सामाग्रीहरु संग्रहालयमा रहेका छन् । धनञ्जय ऋषिका मुर्तिहरु, खम्बा, भोकर, भार, झ्याली, चवर लगायत सयौँ वर्ष  अगाडीदेखिका सामाग्रीहरु छन् । ति सामाग्रीहरुलाई सुरक्षित राख्नको लागि संग्रहालय निर्माण गर्न लागिएको भण्डारी समाजका सल्लाहकार शोभाराम भण्डारीले बताए ।

पाँच वर्षपछि लुप्लुङको देवाली हुँदै 

५ वर्षको अन्तरमा हुने लुप्लुङ्गको देवाली यसवर्ष हुने भएको छ। जिल्लाको ठूलो अन्तरगत लुप्लुङ्गको देवालीलाई मानिन्छ । मंसिरको ११ र १२ गते देवालीको तिथि परेको छ । यसअघि ५ वर्षअघि देवाली भएको थियो। कुलघर संगै देवालीलाई लक्षित गरेर कुलमन्दिर समेत पुननिर्माण थालिएको छ । ऐतिहासिक संरचना र सम्पदा नविग्रने गरी पुनर्निमाण भईरहेको निर्माण समितिले जनाएको छ। लुप्लुङको देवालीमा १० हजार बढी बोकाको बली दिइन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...