News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

झुलेनी नेटवर्क २०८३ साउन २९ गते
२७० पटक
२०८३ साउन २९ गते

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष कार्यक्रमका बिच शिलान्यास गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सभापति सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा भवनको शिलान्यास गरिएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी, अस्पतालका पूर्व तथा वर्तमान पदाधिकारीहरू लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्युठान नगरपालिका वडा नं.४, बिजुवारमा स्वर्गीय नरेन्द्रकुमार श्रेष्ठले दान गर्नुभएको करिब ५ रोपनी जग्गामध्ये ३ हजार ७ सय ९६ वर्गमिटर क्षेत्रफलमा ५ तले ४० कोठाको आधुनिक भवन निर्माण गर्न लागिएको हो । अनुमानित करिब १३ करोड रुपैयाँ भवन निर्माण सम्पन्न गनर्् लाग्ने गरि डिपीआर तयार भएको छ ।

भवनको संरचनाः ५ तल्ला (जसमा ओपीटी कक्ष, शल्यक्रिया कक्ष र मिटिङहल, लगायत स्टिमेट गरिएको छ । प्रथम चरणको लक्ष्य पहिलो तल्लाको निर्माण कार्य १ करोड ४० लाख खर्च गर्नेगरि आगामी चैतसम्म सम्पन्न गर्ने योजना रहेको छ अस्पतालले जनाएको छ ।

 


अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी राजभण्डारीका अनुसार विस्तृत परियोजना प्रतिवेदन तयार गरी काम अगाडि बढाइएको छ । बाँकी तलाहरू भने आगामी दिनमा प्राप्त हुने सहयोग रकमका आधारमा क्रमैसँग निर्माण गर्दै जाने रणनीति लिइएको छ । नयाँ भवन निर्माण सम्पन्न भएसँगै प्युठान र आसपासका क्षेत्रका सेवाग्राहीले आफ्नै जिल्लामा सहज र गुणस्तरीय आँखा उपचार सेवा पाउने आसा गरिएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...