News Portal

रेडियो सुन्नुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

झुलेनी नेटवर्क २०८३ भदौ ११ गते
११९ पटक
२०८३ भदौ ११ गते

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा राहत तथा रकम सङ्कलन अभियान सुरु भएको छ । जिल्लाका स्थानीय तह, संघसंस्था र व्यक्तिगत स्तरबाट ’प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा रकम जम्मा गर्न थालिएको हो । झिमरुक गाउँपालिकाको तर्फबाट राहत कोषमा १० लाख जम्मा गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीका अनुसार पालिकाको तर्फबाट २ लाख र गाउँपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरूको १ दिन बराबरको पारिश्रमिक राहत कोषमा प्रदान गरिने भएको छ । ऐरावती गाउपालिको तर्फबाट ११ लाख ९ हजार ५ सय ७९ रुपैया प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता गरेको गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले बताए ।

यस्तै विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडः प्युठान नगरपालिका–३, जुम्रीमा मुख्य कार्यालय रहेको यस सहकारीले राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए ।

 


लायन्स क्लब अफ प्युठान लगायत अन्य सामाजिक संघसंस्थाहरू र स्थानीय दाताहरूले पनि आ–आफ्नो स्तरबाट कोषमा सहयोग रकम जम्मा गर्ने क्रम जारी राखेका छन्।
बाढीपीडितहरूका लागि जिल्लाभरिबाट थप सहयोग जुट्ने क्रम जारी छ ।

 


रसुवास्थित भोटेकोशी नदीमा बुधबार (भदौ १०) आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा शव फेला परिरहेका छन् भने सरकारले खोज तथा उद्धारको काम जारी राखेको छ। देशी–विदेशी संघसंस्थाले पनि सहयोगको घोषणा सुरु गरेका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...