News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा अज्ञात समुहको आक्रमणबाट एक युवककाे मृत्युु,एक गम्भीर घाइते

रविन विश्वकर्मा१५ असार २०७७/ प्यूठान
६६७ पटक
१५ असार २०७७/ प्यूठान

प्यूठानमा अज्ञात समुहको अाक्रमणबाट एक जनाकाे मृत्युु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्।प्यूठान नगरपालीका–१० मरन्ठाना कोट निवासी २४ बर्षिय नरेन्द्र पुन मगर(हेमन्त)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ।प्रहरीका अनुसार साेहि ठाउँ निवासी वर्ष २४ का सुरेस बस्नेत गम्भीर घाइते भएका छन्।आइतबार बिहान सांढे ९ बजेतिर साथीसंगै नेपाने दिदिको घरमा कामगर्न भनी निस्केका पुन र उनका साथी साेमबार बिहान ६ बजेतिर नेपानेकाे गाउँमै मृत र अचेत अवस्थामा फेला परेका हुन्।मृतक र घाइते दुबै एक्कै ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए।मृतक र गम्भीर घाईते बस्नेतकाे अनुहार र टाउकाेमा चाेट लागेकाे छ।वस्नेतलाई जिल्ला अस्पताल प्युठानमा सामान्य उपचार पश्चात् थप उपचारका लागी भैरहवा रिफर गरिएको छ।अहिले उनकाे युनिभर्सल मेडिकल कजेले भैरहवामा उपचार भैरहेकाे डिएसपी मल्लले बताए।

अाइतबार दुबैले दिनभरी काम गरेर सांझ घर जान्छौं भनी सकुशल त्यहाँबाट हिडेकाे मृतकका दिदी सुन्तली पुन मगरले बताइन्।काम गरेर हिडेका दुइ युवालाइ घर फर्कने क्रममा अज्ञात समुहले अाक्रमण गरि हत्या गरेको स्थानियले बताएका छन्।राती करिब ९ बजेको समयमा अज्ञात समुहले छोरोकाे हत्या गरेको मृतकका बुबा गोर बहादुर पुन मगरले बताए।‘दुइ गाउ“का युवाको बिचमा पहिलेदेखीनै रिसिबि थियो,’उनले भने,‘हत्याराको पहिचान नभएसम्म लास उठाउदैनौ।’नेपाने र पातिहाल्ना कोटका युवाहरुका बिचमा पहिलेदेखी बिभिन्न बिषयमा झगडा हुदै आएको थियो।
अहिले शवलाई प्युठान अस्पताल बिजुवारकाे शव गृहमा राखिएकाे छ।जब सम्म हत्याराकाे पहिचान गरी दाेषिलाई कार्वाही हुदैन तब सम्म शवकाे कुनै जिम्मा नलिने परिवार पक्षकाे अडान छ।शव र घाइते दुबै जनालाइ स्थानीयले बिहान मात्रै देखेका थिए।याे घटनाले अहिले गाउँ नै त्रसित भएकाे छ।घटनाकाे बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख मल्लकाे भनाइ छ।

प्रतिकृया दिनुहोस्

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...

डाक्टर महावीर पुन प्यूठानमा

राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी...