News Portal

रेडियो सुन्नुहोस्

सभामुखद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आव्हान

झुलेनी नेटवर्क २०७८ भदौ २७, काठमाडौं
४२८ पटक
२०७८ भदौ २७, काठमाडौं

सभामुख अग्नीप्रसाद सापकोटाले भोलि सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको संयुक्त बैठक आव्हान गर्नुभएको छ । बैठक दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको बैठकमा अवरोध र नाराबाजी कायमै राखेपछि त्यस विषयमा छलफल गरी सहमति गर्ने उद्देश्यसाथ बैठक आव्हान गरिएको प्रेस विज्ञ न्यौपानेले बताउनुभयो । सभामुख सापकोटाले संसद बैठक खुलाउन संवादको औपचारिक आव्हान नगर्नुभएको आरोप एमालेले लगाईरहेका बेला सभामुख सापकोटाले बैठक बोलाउनुभएको हो ।

यहीबीच आज छोटो समयका लागि सभामुख सापकोटाले एमाले सांसदहरुसँग संवाद गर्नुभएको थियो । आजको संसद बैठक स्थगित गरी एमाले प्रमुख सचेतक विशाल भट्टराई, शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो । बैठकमा सहमति हुन नसकेपछि सर्वदलीय बैठक बोलाउनुभएको प्रेस विज्ञ न्यौपानेले जानकारी दिनुभयो । एमालेले विभिन्न मागराखी नियमित संसद बैठक अवरुद्ध गर्दैआएको छ ।

बैठकमा संसद बैठक सुचारु गर्ने तथा महत्वपूर्ण कार्यसूचीबारेमा छलफल हुने प्रेस विज्ञ न्यौपानेले जानकारी दिनुभयो । संसदमा अहिले एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, राप्रपा, राजमो र नेमकिपासहित एकजना स्वतन्त्र सांसद हुनुहुन्छ ।
सभामुखद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आव्हान
मुख्य समाचार

गाेरखापत्र

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...