News Portal

रेडियो सुन्नुहोस्

सभामुखद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आव्हान

झुलेनी नेटवर्क २०७८ भदौ २७, काठमाडौं
८७२ पटक
२०७८ भदौ २७, काठमाडौं

सभामुख अग्नीप्रसाद सापकोटाले भोलि सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको संयुक्त बैठक आव्हान गर्नुभएको छ । बैठक दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको बैठकमा अवरोध र नाराबाजी कायमै राखेपछि त्यस विषयमा छलफल गरी सहमति गर्ने उद्देश्यसाथ बैठक आव्हान गरिएको प्रेस विज्ञ न्यौपानेले बताउनुभयो । सभामुख सापकोटाले संसद बैठक खुलाउन संवादको औपचारिक आव्हान नगर्नुभएको आरोप एमालेले लगाईरहेका बेला सभामुख सापकोटाले बैठक बोलाउनुभएको हो ।

यहीबीच आज छोटो समयका लागि सभामुख सापकोटाले एमाले सांसदहरुसँग संवाद गर्नुभएको थियो । आजको संसद बैठक स्थगित गरी एमाले प्रमुख सचेतक विशाल भट्टराई, शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो । बैठकमा सहमति हुन नसकेपछि सर्वदलीय बैठक बोलाउनुभएको प्रेस विज्ञ न्यौपानेले जानकारी दिनुभयो । एमालेले विभिन्न मागराखी नियमित संसद बैठक अवरुद्ध गर्दैआएको छ ।

बैठकमा संसद बैठक सुचारु गर्ने तथा महत्वपूर्ण कार्यसूचीबारेमा छलफल हुने प्रेस विज्ञ न्यौपानेले जानकारी दिनुभयो । संसदमा अहिले एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, राप्रपा, राजमो र नेमकिपासहित एकजना स्वतन्त्र सांसद हुनुहुन्छ ।
सभामुखद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आव्हान
मुख्य समाचार

गाेरखापत्र

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...