News Portal

रेडियो सुन्नुहोस्

के मानवता हराएकै हो त ?

नोमराज पौडेल११ जेठ, २०७७
१७१६ पटक
११ जेठ, २०७७

प्यूठान नगरपालिकाको फोहोर बोक्ने टिप्परमा घर ब्यवहार चलाउनका लागि भारत गएका प्यूठानी दाजुभाई दिदीबहिनी प्यूठान फर्कदै गरेको तस्वीर हो यो।
समाजिक दुरीको कुरा गर्ने स्थानिय सरकारको कुरा त परै जाओस् यस्तो अमानविय ब्यवहार पनि स्थानिय सरकारबाट हुँदो रहेछ। प्यूठानमा दुईवटा यातायात प्रा।लि छन्। यिनीहरु संग समन्वय किन गरिएन होला रु जान मानेनन् होला कि रु श्रमजीविहरुको पक्षमा वकालत गर्नेहरुले जितेको कतिपय स्थानिय सरकारका प्रतिनिधिहरुले गरेको यो घिनलाग्दो ब्यवहारको जति आलोचना गरेपनि पुग्दैन्। दु ःख पाएका नेपाली दाजुभाईहरुलाई स्थानिय सरकारले सुविधा सम्पन्न गाडिमा ल्याउन सक्नुपर्थ्यो र सकिन्थ्यो।
यो एकहिसावले वैचारिक विचलनको प्रतिविम्ब पनि हो भन्न सकिन्छ। बर्गिय धरातलबाट तल झरेर आफुहरु यिनै दाजुभाई दिदीबहिनीहरुले पठाएको रेमिटान्स र करबाट उठेको राज्यको कोषबाट किनेको गाडिमा सवार हुने भएपछि यस्तो ब्यवहार भएको हुनुपर्छ। यो ब्यवहारले स्थानिय सरकार स्थापना हुनका लागि लडेका शहिदको अपमान मात्र होइन गाउँगाउँमा सिंहदरवार भन्ने भावनाको खिल्ली उडाउने काम समेत भएको छ।
यस्तो गम्भिर गल्ती कस्को कारणले हुँदै छ रु स्थानिय सरकारले गम्भिर समिक्षा गरोस्। स्थानिय प्रशासनले के हेरेर बसेको छ रु लाज लाग्दैन रु जिल्लाका सिडियो र डिएसपिले मान्छेलाई फोहोर बोक्ने टिपरमा भेडा बाख्रा कोचेर ल्याए जसरी ल्याउँदा के हेरेर बस्नुभएको छरु मानवताको ब्यवहारको यहाँ खिल्ली समेत उठाईएको छ। मानव अधिकारको रक्षाको कुरा गर्नेहरु अहिले कहाँ छन् रु के गर्दै छन् रु प्रश्न गर्न मन लाग्यो।
नागरिकले जनप्रतिनिधि बनाएको यिनीहरुको सेवा गर्नका लागि हो। नागरिकको सुख र दुःखमा साथ दिनको लागि हो। यिनैको उद्धारको लागि स्थानिय सरकारले आव्हान गरेको राहतकोषमा नागरिकले समेत रकम जम्मा गरेर सहयोग गरिरहेका छन्। तर दुखी गरिव जनतालाई यस्तो अमानविय ब्यवहार गर्ने रु समाजिक सञ्जालमा यि तस्वीर देख्दा आँखाबाट आँसु आयो। म पनि मेरो बुवाले ३० बर्ष भारतमा मजदुरी गरेर हुर्केको छोरा हुँ। यि तस्वीरले मेरो बुवालाई यसरी नै ल्याएको जस्तो भान भयो। साह्ै दुःख लाग्यो अनि अभिब्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरि लेखे कोहि कसैलाई चित्त दुःखेमा माफी चाहान्छु। तर यस्तो तस्वीर अव कहिल्यै देख्न नपरोस्।

क्वारेन्टाइनमा समेत अमानविय ब्यवहार हटाइयोस्
समाजिक दुरी विनै जिल्लामा आउनुभएका हाम्रा दाजुभाई दिदीबहिनीहरुलाई क्वारेन्टाइनमा पठाउने र अटाएन भनेर फेरी अर्को क्वारेन्टाइनमा पठाउने काम पनि भएको छ। यो पनि गैर जिम्मेवार पुर्ण ब्यवहार हो। क्वारेन्टाइनमा बसेकाहरु सवैमा कोरोना संक्रमण हुने हुँदैन। क्वारेन्टाइनमा बसेकाहरुमा नयाँ ब्यक्तिलाई लगेर राख्ने र सार्ने गर्दा कोरोना संक्रमण क्वारेन्टाइन भित्रै ओसारपसार गरेजस्तो हुनुहुँदैन। क्वारेन्टाइन भित्र पनि सामाजिक दुरी कायम गर्दै मानवअधिकारको रक्षा ग्यारेन्टी गरिनुपर्दछ। क्वारेन्टाइनमा बस्दैमा कोरोना संक्रमण नै भएको जसरी ब्यवहार कोहि कसैलाई गर्ने काम पनि विल्कुल हुँनुहुँदैन यो तर्फ पनि ध्यान दिन आवश्यक छ। घण्टौं हिडेर एउटा क्वारेन्टाइनबाट अर्को क्वारेन्टाइनमा जान सक्ने अवस्थाको अन्त्य हुन आवश्यक छ। भारतबाट आउँदा उनीहरुमा बहुमुल्य बस्तु हुन सक्दछन्। उनीहरुले सुरक्षाको महसुस नगरी केहि सामाग्रीहरु घर पठाउने वा भागेर घरै जान सक्ने अबस्थाको सिर्जना तर्फ पनि ध्यान दिऊ । क्वारेन्टाइन निर्माणका लागि कतिजना अट्ने हो त्यो पहिल्यै फिक्स गर्न आवश्यक छ। कहिले ४० जना राख्ने कहिले ५० जना मनलाग्दी राख्ने कामको पनि भएको छ। क्वारेन्टाइनमा पनि कोचेर राख्ने मान्नुस् उनीहरु कोरोना संक्रमित नै हुन् जसरी ब्यवहार गर्नु राम्रो होइन। उनीहरुको न्यनतम आवश्यकता पुरा गरि माक्स , स्यानिटाइजर , औषधी उपचार र चेकजाँचको राम्रो ब्यवस्था समेत गर्न आवश्यक छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...