News Portal

रेडियो सुन्नुहोस्

प्यूठानी जनताको आशा टुट्न दिने छैन ःसूर्य थापा

झुलेनी नेटवर्क२०७९ कार्तिक ८
११३८ पटक
२०७९ कार्तिक ८

प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सूर्य थापाले प्युठानी जनताको आशा र भरोसालाई टुट्न नदिने गरि जिल्लाको बिकास र समृद्धिको लागि आफु लाग्ने बताएका छन् । उनले समाज र राष्ट्र निर्माणको मेरुदण्ड युवा शक्तिलाई देश निर्माणमा मुलप्रवाहमा जोड्न सकेमात्रै जिल्लाको बिकासमा गति लिन सक्ने बताए । राष्ट्रिय युवा संघ नेपाल प्युठानको निर्वाचन केन्द्रित भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले युवालाई बिहानीको सुर्योदयसंग तुलना गर्दै गाउँ देश बदल्न युवा शक्तिको खाचो अपरिहार्य भएको बताए । युवा शक्ति एकजुट भएर लागेमा समाजका तमाम बिकृतीहरु अन्त्य हुने छ । एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज थापाले युवा कुलतबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । उनले भने,“युवाको दृष्टिकोण सहि हुनुपर्छ, जब दृष्टिकोण सफा र सहि हुन्छ, युवाले देशको भबिश्य निर्माण गर्न सक्छन “।

निर्वाचन जितेर ६४ वडामा एक पटक अनुहार नदेखाउने ब्यक्तिलाई गठबन्धनले झुटो प्रचार गरेर जनता झुक्याउने काम गरिरहेको बताए । एमालेले जनतासंग गठबन्धन गरेर अघि बढेकाले जित सुनिश्चित भएको दावी गर्नुभयो । एमालेको काम र जनलहर देखेर अतालिएका शक्तिहरूबीचको गठबन्धनले देशमा बिकास र समृद्धि ल्याउनको सट्टा उल्टै मुलुकमा राजनीतिक अस्थिरता सृजना गरेका छन्,’ उनले भने, ‘अब अस्थिरता सृजना गरी विकासका काम रोक्ने उद्देश्य बोकेका गठबन्धनको अन्त्यका लागि एमालेमा मतदान गर्नुपर्ने बेला आएको छ ।’ नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेदवार सुर्य थापाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न, जनताको स्थिर र बलियो सरकार निर्माण गर्न, राष्ट्रिय हितको रक्षा गर्न, सुशासन कायम गर्न, गुमेको भूमि फिर्ता ल्याउन तथा आर्थिक बिकास गरि देश बिकस र समृद्धि ल्याउन नेकपा एमालेको पक्षमा जनउभार ल्याउन युवा तथा कार्यकर्ता परिचालन हुनुपर्ने बताएका छन् । प्युठानमा गठबन्धनका कारण नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको मनमा चोट पुगेको भन्दै ती कार्यकर्ताको भावनाको सम्मान गर्ने बताउनुभयो । “नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको म सम्मान गर्दछु उहाहरुको मनको पनि सम्मान गर्दछु । प्युठानको भबिश्यको लागि उहाँहरुको मतको भावनाको सम्मान गरेर अगाडि बड्ने अठोट गर्दछु ।” थापाको भनाइ थियो ।

त्यस्तै प्रदेश ‘क’ का प्रदेश सभा सदस्य तुल्सिराम शर्माले मुलुकमा रोजगारी सृजना गरी वैदेशिक रोजगारीमा जानैपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न देशमै रोजगारीका अवसर सृजना गर्नुपर्ने बताए । उनले भने,‘रोजगारीका लागि विदेश जाने बाध्यताको अवस्थालाई बदल्नुपर्छ ।` युवा शक्तिलाई देश बिकास र समृद्धिमा जोड्नु पर्ने उनको भनाइ थियो । प्रदेश ‘ख’ प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले नेकपा एमाले देशको एकमात्र जनमुखी पार्टी भएकाले सुर्य ध्वजाबाहक उम्मेदवारहरूलाई विजयी बनाउने दायित्व आम मतदाता, जनसमुदाय र सम्बन्धित पार्टीका नेता–कार्यकर्ताको अह्म दायित्व भएको बताउँदै उनले सबै मन वचन र कर्मले लाग्नुपर्ने बताए । कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्ट समानुपातिक उमेदवार सुरज मगर बेगम बिश्वकर्मा अनेरास्ववियुका केन्द्रिय सचीव धर्म गिरी राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य लिला जिसी लगाएलाले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल प्युठानका संयोजक बिसेक थापा, स्वागत किरण केसी र कार्यक्रमको संचालन सगर पन्डित्ले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...