


२०८३ असोज १ गतेप्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ ।
परोपकार अमृत नेपाल संस्थाको आयोजना तथा प्यूठान स्थित विभिन्न धार्मिक संस्थाहरूको सक्रियतामा महोत्सव भएको आयोजना गरिएको हो ।
प्यूठान नगरपालिका नजिकै असोज १ गतेदेखि २५ गतेसम्म राम कथावाचन तथा गरुण महापुराण महायज्ञ हुन थालेको संस्थाका अध्यक्ष तथा बाचक प.अमृतशरण देवाचार्यले बताए ।
धार्मिक महोत्सवमा असोज २४ गते नेपालमा विभिन्न कालखण्डमा विभिन्न विपत्तिहरूबाट ज्यान गुमाएकाहरूको सम्झनामा दिप प्रज्वलन समेत गरिने आयोजकले जनाएको छ ।

साविक राप्ती अञ्चलमै पहिलोपटक गरिन थालेको यो महोत्सवबाट संकलित रकम बिजुवारमा राम मन्दिर निर्माण गर्ने महोत्सव आयोजक समितिका संयोजक शालिग्राम पण्डितले जानकारी दिए ।
महोत्सवमा बिहान ६ बजेदेखि राती ९ः३० बजेसम्म भागवत गीता पाठ बाल्मिकी रामायण मूलपाठ, पितृ शुद्ध, श्रृङ्गारिक आरती , सत्संग प्रवचन, झाँकी एवं भजन किर्तन गरिने भएको छ। महोत्सवको पहिलो दिन प्यूठान नगरपालिका –४ जाल्पा मन्दिरदेखि महोत्सव स्थलसम्म विभिन्न धार्मिक झाँकीसहित शोभा कलश यात्रा गरिएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।













