News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

झुलेनी नेटवर्क २०८३ असोज १ गते
३४८ पटक
२०८३ असोज १ गते

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ ।

परोपकार अमृत नेपाल संस्थाको आयोजना तथा प्यूठान स्थित विभिन्न धार्मिक संस्थाहरूको सक्रियतामा महोत्सव भएको आयोजना गरिएको हो ।

प्यूठान नगरपालिका नजिकै असोज १ गतेदेखि २५ गतेसम्म राम कथावाचन तथा गरुण महापुराण महायज्ञ हुन थालेको संस्थाका अध्यक्ष तथा बाचक प.अमृतशरण देवाचार्यले बताए ।
धार्मिक महोत्सवमा असोज २४ गते नेपालमा विभिन्न कालखण्डमा विभिन्न विपत्तिहरूबाट ज्यान गुमाएकाहरूको सम्झनामा दिप प्रज्वलन समेत गरिने आयोजकले जनाएको छ ।

 

 

 


साविक राप्ती अञ्चलमै पहिलोपटक गरिन थालेको यो महोत्सवबाट संकलित रकम बिजुवारमा राम मन्दिर निर्माण गर्ने महोत्सव आयोजक समितिका संयोजक शालिग्राम पण्डितले जानकारी दिए ।

महोत्सवमा बिहान ६ बजेदेखि राती ९ः३० बजेसम्म भागवत गीता पाठ बाल्मिकी रामायण मूलपाठ, पितृ शुद्ध, श्रृङ्गारिक आरती , सत्संग प्रवचन, झाँकी एवं भजन किर्तन गरिने भएको छ। महोत्सवको पहिलो दिन प्यूठान नगरपालिका –४ जाल्पा मन्दिरदेखि महोत्सव स्थलसम्म विभिन्न धार्मिक झाँकीसहित शोभा कलश यात्रा गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...