News Portal

रेडियो सुन्नुहोस्

प्यूठानः जथाभावि सडक खन्दा भुक्षय

गिरुप्रसाद भण्डारी१० मंसिर, प्यूठान
१३६६ पटक
१० मंसिर, प्यूठान

प्यूठान — यहाँका स्थानीय तहले गत वर्ष प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आईई) नगरी जथाभावी सडक निर्माण गरेकाले धेरै ठाउँमा बाढीपहिरो आएको सर्वसाधारणले गुनासो गरेका छन् ।

पहिरोले क्षति बढेपछि स्थानीय तहले सडक निर्माणमा धेरै बजेट विनियोजन नगर्ने र जथाभावी ठूला मेसिन प्रयोग नगर्ने प्रतिबद्धता जनाए । तर, हिउँद लागेपछि बसेको गाउँरनगरसभामार्फत गत वर्षकै हाराहारीमा सडकमा बजेट विनियोजन गरे । पुरानै पाराले सडक खन्ने काम गरिरहेका छन् । केही स्थानीय तहले उपभोक्ता समिति गठन गरेर सम्झौताको चरणमा छन् । कतिले टेन्डर निकालेर निर्माण व्यवसायीसँग सम्झौता गरिसकेका छन् ।

यहाँका २ नगर र ७ गाउँपालिका कसैले पनि निर्माण गर्ने सडकको आईई प्रक्रिया थालेका छैनन् । योजना साना हुने भएकाले आईई गर्न नपर्ने उनीहरूको तर्क छ । त्यसका लागि बजेट अपुग हुने गरेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए ।

नगरले यस वर्ष १० लाखभन्दा माथि बजेट विनियोजन गरेका ७र८ वटा सडकको आईई नगरेको कक्षपतिले बताए । ‘गत वर्ष पनि भूक्षय नहोस् भनेर हामीले सडक खन्दा बायोइन्जिनियरिङ पद्धति अपनाएका थियौं,’ उनले भने, ‘यसपालि बिरुवा रोप्ने योजना बनेको छ ।’ उनले ठूला मेसिन जथाभावी प्रयोग गर्ने कुरामा नगरपालिका सचेत रहेको दाबी गरे ।

गौमुखी गाउँपालिकाले ६ नम्बर वडाको गोब्दी–काउले–पूजा सडकमा ३१ लाख रुपैयाँ विनियोजन गरेको छ । टेन्डरमार्फत काम गरे पनि वातावरणीय प्रभाव मूल्यांकन गरिएको छैन । योजनाले वातावरणमा के प्रभाव पार्छन् भन्ने अध्ययन नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । ‘हाम्रोमा नयाँ योजनाभन्दा पहिले ‘ट्रयाक ओपन’ भएका सडक सुधार गर्न बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘यसले गर्दा कुनैमा पनि आईई गरिएको छैन ।’

ऐरावतीले पनि आईई नगरी सडक निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले बताए । ‘आईई गराएका छैनौं,’ उनले भने, ‘इलाका वनमार्फत बिरुवा उत्पादन गरेर सडक खनिएको क्षेत्रमा बिरुवा लगाउने काम भने गरेका छौं ।’ गत वर्षको सिकाइले गर्दा यस वर्ष सडकमा थोरै मात्र बजेट विनियोजन गरेको उनले बताए । ‘जथाभावी सडक खन्दा वातावरणमा धेरै असर पर्दोरहेछ,’ उनले भने, ‘यसपालि यसमा हामी चनाखो हुनेछौं ।’

माण्डवी गाउँपालिकाले गत वर्ष झन्डै ४५ लाख रुपैयाँ खर्च गरेर देवीस्थान–उदयपुरकोट–स्वर्गद्वारी सडक खन्दा वातावरणमा असर परेको धेरै गुनासो आएको जिल्ला वनले जनायो । यसपालि गाउँपालिकाले आईई नगराई सडक निर्माण गर्ने प्रक्रिया अगाडि सारेको छ ।

source:https://www.kantipurdaily.com/pradesh-5/2018/11/23/154294689169823289.html
प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...