News Portal

रेडियो सुन्नुहोस्

मुख्यमन्त्रिले नै खान्छन सरकारवाट जिवन निर्वाह भत्ता

सिखबर संवाददाता
१५३९ पटक

कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्रवहादुर शाहिले नेपाल सरकारको कोषवाट विगत दश बर्षे सशष्त्र द्धन्द्धको समयमा सक्त घाईते भएका व्यक्तिहरुलाई दिदै आएको बिशिष्ट श्रेणीको जिवननिर्वाह भत्ता वुझ्दै आएका छन्।।

सरकारले दश वर्षे शसत्र द्वन्दको समयमा सख्त घाईते भई जिवननिर्वाहको लागि अप्ठ्यारो परेकाहरुलाई भनि दिएको भत्ता हालका मुख्यमन्त्रिले वुझ्दै आएको पाईएको छ।
मुख्यमन्त्रि शाहिले विशिष्ट श्रेणिको भत्तावापत मासिक १२ हजार ४ सय रुपैयां वुझ्दै आएका छन्। द्वन्दको वेला अंगभंग भएर घाईते अवस्थामा रहेका कैयौं द्वन्दपिडितले सुविधा नपाएको अवस्थामा मुृख्यमन्त्रिले भने भत्ता वुझ्दै आएका हुन।

केहिदिन अघि मात्र मुख्यमन्त्रि शाहिकि पत्नि चन्द्रा शाहिले घरमै वसिवसि सरकारी ढुकुटीवाट तलव वुझ्दै आएको खुलासा भएको थियो।

स्थानिय शान्ति समितीको कार्यालय कालिकोटका अनुसार जिल्लावाट निर्णय गरि पठाईएका १ सय ३४ जना घाईतेले अहिले पनि राहत पाएका छैनन्। तर मुख्यमन्त्रि शाहिले भए २०६८ देखि सरकारलेदिने भत्ता खादै आएका छन्।

केही समय अगाडी सरकारले द्धन्द्धको समयमा घाईते भएकाहरुको अवस्था र पुनरावलोकन गर्न केन्द्रले गरेको परिपत्र अनुसार जिल्लामा घाईते अपांग प्रतिशत निर्धारण एवं पुनरावलोकन समितिमा जीवन निर्बाह भत्ता खानेहरु ६५ जना मध्य ५१ जनाले मात्र निवेदन दिएका प्रशासनले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...