News Portal

रेडियो सुन्नुहोस्

मुख्यमन्त्रिले नै खान्छन सरकारवाट जिवन निर्वाह भत्ता

सिखबर संवाददाता
८७३ पटक

कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्रवहादुर शाहिले नेपाल सरकारको कोषवाट विगत दश बर्षे सशष्त्र द्धन्द्धको समयमा सक्त घाईते भएका व्यक्तिहरुलाई दिदै आएको बिशिष्ट श्रेणीको जिवननिर्वाह भत्ता वुझ्दै आएका छन्।।

सरकारले दश वर्षे शसत्र द्वन्दको समयमा सख्त घाईते भई जिवननिर्वाहको लागि अप्ठ्यारो परेकाहरुलाई भनि दिएको भत्ता हालका मुख्यमन्त्रिले वुझ्दै आएको पाईएको छ।
मुख्यमन्त्रि शाहिले विशिष्ट श्रेणिको भत्तावापत मासिक १२ हजार ४ सय रुपैयां वुझ्दै आएका छन्। द्वन्दको वेला अंगभंग भएर घाईते अवस्थामा रहेका कैयौं द्वन्दपिडितले सुविधा नपाएको अवस्थामा मुृख्यमन्त्रिले भने भत्ता वुझ्दै आएका हुन।

केहिदिन अघि मात्र मुख्यमन्त्रि शाहिकि पत्नि चन्द्रा शाहिले घरमै वसिवसि सरकारी ढुकुटीवाट तलव वुझ्दै आएको खुलासा भएको थियो।

स्थानिय शान्ति समितीको कार्यालय कालिकोटका अनुसार जिल्लावाट निर्णय गरि पठाईएका १ सय ३४ जना घाईतेले अहिले पनि राहत पाएका छैनन्। तर मुख्यमन्त्रि शाहिले भए २०६८ देखि सरकारलेदिने भत्ता खादै आएका छन्।

केही समय अगाडी सरकारले द्धन्द्धको समयमा घाईते भएकाहरुको अवस्था र पुनरावलोकन गर्न केन्द्रले गरेको परिपत्र अनुसार जिल्लामा घाईते अपांग प्रतिशत निर्धारण एवं पुनरावलोकन समितिमा जीवन निर्बाह भत्ता खानेहरु ६५ जना मध्य ५१ जनाले मात्र निवेदन दिएका प्रशासनले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...