News Portal

रेडियो सुन्नुहोस्

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

दीपा पौडेल ५ असाेज २०७७
९२९ पटक
५ असाेज २०७७

प्युठान, जिल्ला अस्पताल विजुवार प्युठानमा अत्यधिक रक्तश्रावका कारण एक जना सुत्केरी महिलाको मृत्यु भएको छ।

सुनिल स्मृति गाउँपालिका बडा नं. २ रोल्पा निवासी २५ बर्षिय नेतृ सिंह सुत्केरी व्यथा लागेर आइतबार राति अस्पताल आएकी थिईन । सोमबार विहान २ बजे सामान्य रुपमा बच्चा जन्माएकी सिंहको अत्यधिक रक्तश्रावका कारण विहान ७ ः१५ बजे निधन भएको जिल्ला अस्पताल विजुवारका सुचना अधिकारी राजन घिमिरेले जानकारी दिए।

बच्चाको स्वास्थ्यमा समस्या आएपछि बच्चाको उपचारको लागि बुटवल पठाईएको छ। रक्तदाताहरुले दिएको रगत चढाउँदा पनि अत्यधिक रक्तश्राव हुँदा निधन भएको अस्पतालले जनाएको छ।

सुत्केरीको अवस्था सामान्य भएता पनि बिलिडिङ डिसअर्डरका कारण मृत्युख भएको उपचारमा संलग्न एमडिजिपि डा. सुनिल सुनारले बताए। कसै कसैमा रगत नजम्ने समस्या आउन सक्छ डा. सुनिलले भने–‘‘ हामीले रगत पनि दियौं तर रगत बग्न रोकिएन।’’ अस्पताल आउदा शरिरमा रगतको मात्रा कम रहेको भन्दै धेरै कोसिस गर्दा पनि बचाउन नसकिएको उहाँले बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...