News Portal

रेडियो सुन्नुहोस्

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

दीपा पौडेल ५ असाेज २०७७
११३८ पटक
५ असाेज २०७७

प्युठान, जिल्ला अस्पताल विजुवार प्युठानमा अत्यधिक रक्तश्रावका कारण एक जना सुत्केरी महिलाको मृत्यु भएको छ।

सुनिल स्मृति गाउँपालिका बडा नं. २ रोल्पा निवासी २५ बर्षिय नेतृ सिंह सुत्केरी व्यथा लागेर आइतबार राति अस्पताल आएकी थिईन । सोमबार विहान २ बजे सामान्य रुपमा बच्चा जन्माएकी सिंहको अत्यधिक रक्तश्रावका कारण विहान ७ ः१५ बजे निधन भएको जिल्ला अस्पताल विजुवारका सुचना अधिकारी राजन घिमिरेले जानकारी दिए।

बच्चाको स्वास्थ्यमा समस्या आएपछि बच्चाको उपचारको लागि बुटवल पठाईएको छ। रक्तदाताहरुले दिएको रगत चढाउँदा पनि अत्यधिक रक्तश्राव हुँदा निधन भएको अस्पतालले जनाएको छ।

सुत्केरीको अवस्था सामान्य भएता पनि बिलिडिङ डिसअर्डरका कारण मृत्युख भएको उपचारमा संलग्न एमडिजिपि डा. सुनिल सुनारले बताए। कसै कसैमा रगत नजम्ने समस्या आउन सक्छ डा. सुनिलले भने–‘‘ हामीले रगत पनि दियौं तर रगत बग्न रोकिएन।’’ अस्पताल आउदा शरिरमा रगतको मात्रा कम रहेको भन्दै धेरै कोसिस गर्दा पनि बचाउन नसकिएको उहाँले बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...