News Portal

रेडियो सुन्नुहोस्

नयागाउँवासिको पीडा: २५ वर्षदेखीको विजुली वाल्ने सपना पूरा भएन

यो आर्थिक वर्षमा नयाँगाउँमा विद्युत वल्छः मेयर रोकाय

सिखबर संवाददाता२६ असोज, प्यूठान
२०९७ पटक
२६ असोज, प्यूठान

स्वर्गद्धारी नगरपालीका वर्डा नं २ नयाँगाउँको वस्ति रोल्पाको रुन्टिगढी(जौलिपोखरी), गोरिनेटा, मसिना, खाल र नसको भुगोलले घेरिएको छ। नजिकै रहेको स्वर्गद्धारी आश्रममा २५ वर्ष अगाडिदेखी विजुली वलिरहेको छ। अहिले वरपरका सवै गाँउमा विजुली वलिसकेको छ। तर, नयाँगाउँवासी वत्तिले घेरिएको अध्यारो गाँउमा वस्न वाध्य छन्।

“खेत र गोठालो गएका वेला पल्लोगाँउ पुगेर मोवाईल चार्ज गर्नुपर्छ। सोलार भएपनी मौसम खुल्ला नहुँदा चार्ज हुदैन। वर्षायाममा वादलले छेक्ने र हिउदमा छोटो दिन हुदा प्राय चार्ज हुदैन।” स्थानिय बोमकुमारी विश्वकर्माले भनिन्– “घरमा वायरिङ गरेको ३ वर्ष हुनथाल्यो। तर, आश्रममा वलेका वत्तिहरु हेरेर रात विताउनुपर्छ।

झण्डै १ सय ५० घरधुरी रहेको नयाँगाउमा पोलहरु गाडेर तारसमेत झुण्ड्याईएको छ। तर, विद्युत जडान नगर्दा स्थानियवासी सोलार र टुकिको भरमा वस्न वाध्य छन्। प्राय स्थानियहरु घाँसदाउरा र वन गएको वेला अर्को गाँउमा पुगेर मोवाईल चार्ज गर्ने गर्छन। स्वर्गद्धारी आश्रममा २५ वर्षअगाडी विजुली वल्दा घरछेउँमै वत्ति आईपुगेको महसुस भएको थियो। तर, अझैपनी वत्ती जडान नहुँदा स्थानियवासीहरु निरास भएका छन्।

स्थानिय तहको निर्वाचनमा उठ्नेवेला उम्मेद्धारले १ वर्षभित्र विद्युत पुर्याउछौँ भनेर भोट मागेका थिए। तर, साढे ३ वर्ष वितिसक्यो नयाँगाउँवासिका साँझहरु अध्यारोमै वितेका छन् “पाउनुसम्म धोका पाईयो। विद्युत अफिसले मात्र हैन चुनावमा उठेका हाम्रै नेताले पनि जितेपछी आफ्नो वाचा पुरा गरेनन्।” स्थानिय रेखवहादुर विएमले भने-“चुनावपछी र्यालिमा पनि एक वर्षमा विजुली वल्छ भन्ने प्रतिवद्धता भएकाले विजुली वाल्न पाईन्छ भन्नेमा ढुक्क थियौँ।” उता, स्वर्गद्धारी नगरपालीकाका मेयर नेत्रवहादुर रोकायले नगरपालीकाले सुरुमा आफु निर्वाचित हुनेवित्तिकै नगरपालीकाको लगानिमै पोलहरु उपलव्ध गराएको र पछी नेपाल विद्युत प्राधिकरणवाट वजेट विनियोजन भएको वताउनु भयो। ठेक्काप्रक्रिया र ठेकेदारको ढिलासुस्तिका कारण काम ढिला भईरहेको र तुरुन्तै काम सम्पन्न गर्न सम्वन्धित पक्षलाई ताकेता गरिरहेको भन्दै उहाँले चालु आर्थिक वर्षमा नयाँगाउमा विद्युत पुग्ने वताउनु भयो।

नयाँगाउमा यसपाली विजुली वल्छः वोगटी
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र विजुवारका प्रमुख जयानन्द वोगटीले यो वर्ष नयाँगाउमा विद्युत वल्ने वताउनुभएको छ। ठेक्का भएको तर, कोरोना भाईरसका कारण काम लगाउन अप्ठ्यारो भएकोले समयमा काम नसकिएको उहाँले वताउनु भयो। लकडाउनकै वेलाको संझौता भएकाले कार्यन्वयन समयमै नभएको, ठेकेदारको कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएकाले काम रोकिएको उहाले वताउनु भयो। कतिपय सामाग्रीहरु कार्यालयले पनि उपलव्ध गराउन नसकेकाले ठेकेदारलाई धेरै दवाव दिन नसकिएको वताउनु भयो। “अघिल्लो ठेक्कावाट केही कामहरु सम्पन्न भएको थियो र यो ठेक्कोको सम्पन्न भएपछी विद्युत वल्छ। अघिल्लो ठेक्कामा भएका कामहरुमै अहिलेको निक्कावाट निरन्तरता दिईने हो।” उहाँले भन्नुभयो। १४ लाख ४ हजार ६ सय ३५ रुपैयाँको ठेक्का जयदुर्गे कन्स्टक्सनले काम गर्नेगरी संझौता भएको छ। गत आर्थिक वर्षमा जिल्लामा १४ करोड रुपैयाँ विद्युत विस्तारका लागी विनियोजन गरिएको थियो। त्यसअन्तरगत स्वर्गद्धारी, अर्खा, रजवारा, लिघा, डामृ लगायत प्राधिकरणको क्षेत्रभित्रका विभिन्न ठाउँमा विद्युत विस्तारका लागी टेण्डर गरिएको थियो।

#स्वर्गद्वारीवाट गोविन्द विश्वकर्माको सहयोगमा।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...