News Portal

रेडियो सुन्नुहोस्

धनगढीमा बोर्ड राख्‍ने विषयमा एमालेका दुई पक्षबीच झडप

सिखबर संवाददाता२६ फागुन धनगढी
१२१२ पटक
२६ फागुन धनगढी

धनगढीस्थित प्रदेश कार्यलयमा एमालेको बोर्ड राख्‍ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ। धनगढीको चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएपछि अहिले तनावपूर्ण स्थिति छ।

बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज भएको नेमप्लेटसहित नयाँ बोर्ड राखेका थिए। त्यसको केही बेरमा ओली पक्षका कर्ण थापाको नेतृत्वमा गएको जुलुसले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो र रावल प्रदेश इन्चार्ज भन्‍ने नेमप्लेट पनि हटाएको थियो।

त्यसको लगत्तै रावल पक्षका कार्यकर्ता फेरि आएर ओली पक्षले राखेको बोर्ड र नेमप्लेट हटाएका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन र झडपसमेत भएको थियो। प्रहरी हस्तक्षेप गरेपछि मुडभेड रोकिएको छ। अहिले प्रदेश कार्यलय प्रहरीको कब्जामा छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...