News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाद्धारा प्रमुख प्रशासकिय अधिकृतलाई अख्तियारी प्रदान

सिखबर संवाददाताअसार ३१, २०७८/ प्यूठान
१२८५ पटक
असार ३१, २०७८/ प्यूठान

प्यूठान नगरपालिकाले आगामि आर्थिक वर्षको पारित वजेट तथा कार्यक्रम कार्यन्वयनका लागी प्रमुख प्रशासकिय अधिकृतलाई अख्तियारी प्रदान गरेको छ। प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले उपमेयर शान्ता आचार्य, वर्डाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सञ्चारर्मिका विच प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीलाई अख्तियारी प्रदान गर्नुभएको छ ।

आगामि आर्थिक वर्ष २०७८।०७९ का लागि स्विकृत वजेट ७७ करोड १ लाख २१ हजार ५ सय ८२ रुपैयाको वजेट तथा कार्यक्रम कार्यन्वयनका लागी कार्यसम्पादन संझौता समेत सम्पन्न भएको छ । आगामि आर्थिक वर्षका लागी नगरसभावाट पारित निती, कार्यक्रमहरुको कार्यन्वयनका लागी कार्यसम्पादन संझौता र अख्तियारी प्रदान गरिएको हो।

प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले नगर सभाले पारित गरेका कार्यक्रमहरु कार्यक्रम छनोटका मर्म भावना र नियम कानुनवमोजिम कार्यन्वयन गर्न अख्तियारी प्रदान गर्नुभएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...