News Portal

रेडियो सुन्नुहोस्

मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

झुलेनी संवाददाता
५५२ पटक
मोटरसाइकल दुर्घटनामा परी घाइते भएका स्वर्गद्वारी नगरपालिका ४ भिंङ्गृका एक युवकको मृत्यु भएको छ । शुक्रवार मोटरसाइकल दुर्घटनामा परी ४६ वर्षीय पुनाराम योगी गम्भिर घाइते भएका थिए । भिङ्गृबाट चकचके तर्फ जाँदै गर्दा योगि मोटरसाइकल दुर्घटनामा पर्दा टाउकोमा चोट लागेको थियो ।
बिपरित दिशाबाट आएको मोटरसाइकल योगिले चलाएको मोटरसाइकलसँग ठोक्किदा योगि घाइते भएका थिए । घाइते योगीको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा गयराती ज्यान गएको हो । मृतक युवकसँग ठोक्किएको मोटरसाइकल र चालकलाइ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी